नेपाल टी-२० लिगमा फिक्सिङ भएको निष्कर्ष, एक खेलाडीलाई ३ लाखसम्मको अफर !

नेपाल टी-२० लिगमा फिक्सिङ भएको निष्कर्ष, एक खेलाडीलाई ३ लाखसम्मको अफर !

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल टी-२० लिगमा स्पट फिक्सिङ भएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले प्रारम्भिक निष्कर्ष निकालेको छ ।

प्रहरीको अनुसन्धानमा फिक्सिङमा ३ देखि ४ जना नेपाली र ५ जनाभन्दा बढी विदेशी नागरिकको भूमिका देखिएको खुलेको हो ।

नेपाल क्रिकेट संघ (क्यान)ले ९ पुसदेखि आयोजना गरेको प्रतियोगितामा सुरुवातदेखि नै बेटिङ र फिक्सिङको चर्चा सुरु भएको थियो ।

भारत भागेको क्यानको मुख्य साझेदार सेभेनथ्री स्पोर्ट्स नै ‘बेटिङ’मा लागेको प्रहरी अनुसन्धानमा खुलेको छ। सो कम्पनीले एक खेलाडीलाई एक लाखदेखि तीन लाखसम्म ‘अफर’ गरेको समेत खुलेको छ।

लिगमा अनियमितता भएको खबर बाहिरिएपछि आइसीसीको दुई सदस्यीय टोलीसमेत नेपाल आएको थियो। सो टोलीले पनि प्रहरीलाई अनुसन्धान अघि बढाउन सुझाव दिएको थियो।

काठमाडौं नाइट्सका कप्तान तथा नेपाली क्रिकेट टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले आफ्नो टीमका एक खेलाडीलाई स्पट फिक्सिङका लागि प्रस्ताव आएको खुलासा गरेका थिए ।विवादकाबीच खेल भने जारी नै रहको छ ।

लुम्बिनी नेपाल टी–२० क्रिकेट लिगको फाइनलमा

लुम्बिनी अल स्टार्स नेपाल टी–२० क्रिकेट लिगको फाइनलमा पुगेको छ । आइतवार भएको क्वालिफायर्समा जनकपुर रोयल्सलाई छ रनले हराउँदै लुम्बिनी उपाधि नजिकै पुगेको हो ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा लुम्बिनीले दिएको एक सय ४४ रनको लक्ष्य पछ्याएको जनकपुरले २० ओभरमा सात विकेट गुमाएर एक सय ३७ रनमात्रै बनाउन सक्यो । आज पराजित भए पनि जनकपुरको फाइनल प्रवेशको सम्भावना भने कायमै छ ।

जनकपुरले अब भाेलि साेमवार हुने काठमाण्डौ नाइट्स र विराटनगर सुपर किङ्ग्सबीचको विजेतासँग इलिमिनेटरमा खेल्नेछ । इनिमिनेटरको विजेता फाइनलमा पुग्नेछ ।

Recent Comments

No comments to show.