add

नेपाल डिस्टीलरिजकाे ‘कर्दा ट्रिपल एक्स’ बजारमा






ActPro Nepal

|

६ पुष, २०७९

|
335

काठमाडाैं । ‘दि नेपाल डिस्टीलरिज’ ४० यूपी सेगमेन्टको मदिरामा प्रवेश गरेको छ ।

लामो समयदेखि २५ यूपी र ३० यूपीको रम तथा मदिरा उत्पादन गर्दै आएको कम्पनीले ४० यूपीको नयाँ उत्पादन ‘कर्दा ट्रिपल एक्स’ बजारमा ल्याएको हो ।

यो ४० यूपी सेगमेन्टमा नेपाली बजारमा उपलब्धमध्येकै स्तरीय मदिरा रहेको ‘दि नेपाल डिस्टीलरिज’का महाप्रबन्धक शुभाष लामिछानेले जानकारी दिए ।

उनका अनुसार ग्राहकको यो सेगमेन्टका मदिराप्रति पछिल्लो समय बढेको आकर्षणलाई सम्बोधन गर्दै कम्पनीले ‘कर्दा ट्रिपल एक्स’ बजारमा ल्याएको हो । यसमा अल्कोहलको मात्रा २५ र ३० यूपीको मदिरामा भन्दा कम हुन्छ।

रम फ्लेबरको यो मदिरा तातोपानी वा कोलासँग मिसाएर खान मिल्छ । यो मदिरा ७५० एमएल, ३७५ र १८० एमएलको प्याकेजिङमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.