add

रियलमी १० प्रो प्लस ५जी नेपाली बजारमा, मूल्य कति?






ActPro Nepal

|

६ पुष, २०७९

|
646

काठमाडौं । स्मार्टफोन ब्रान्ड रियलमीको फ्ल्यागशिप लेबल कर्भ भिजन डिस्प्ले सहितको प्रिमियम स्मार्टफोन रियलमी १० प्रो प्लस फाइभ जी नेपालमा आएको छ । रियलमी नेपालका कन्ट्री हेड मुनिश गिरीले यसबारे जानकारी गराएका हुन् ।

उनले भने, ‘रियलमी १० प्रो सिरिजको नयाँं सदस्यको रुपमा रियलमी १० प्रो प्लस फाइभ जी लाई नेपालमा ल्याउन पाउँदा हामी अत्यन्तै उत्साहित छौँ । रियलमी १० प्रो प्लस फाइभ जी यस सेग्मेन्टकै पहिलो स्मार्टफोन हो जसमा फ्ल्यागशिप लेभलको कर्भ्ड भिजन डिस्प्ले रहेको छ । 

एउटा ब्रान्डको रुपमा हामी जहिले पनि नयाँँ–नयाँँ प्रविधि युक्त उत्पादनहरू उपभोक्ता माझ ल्याउन प्रयासरत हुन्छौँ । र त्यसैको फलस्वरुप डिजाइन र टेक्नोलोजिको सर्वोत्कृष्ट संगमको रुपमा रियलमी १० प्रो प्लस फाइभ जी लाई बजारमा ल्याउन पाउँदा हामीलाई गर्व लागेको छ । हामीलाई आशा छ रियलमी १० प्रो प्लस फाइभ जीले पनि अगाडिको फोनहरु जस्तै माया र विश्वास पाउनेछ ।’

रियलमी १० प्रो प्लस फाइभ जी यो सेग्मेन्टकै पहिलो फोन हो, जसमा फ्ल्यागशिप लेबल १२० हर्जको कर्भड भिजन डिस्प्ले रहेको जनाइएको छ ।  त्यस्तै यसमा २१६० हर्ज पिडब्ल्युएमको डिमिङ रहेको छ, जुन नेपालकै पहिलो हो । 

आकर्षक हाइपरस्पेस गोल्ड रंगमा उपलब्ध रियलमीको अहिलेको बजार मुल्य ४५,९९९ रहेको छ ।  यसमा स्टोरेज अप्सन ८ जिबि+१२८ जिबि रहेको छ ।  पौष ९ गते शनिबारदेखि नेपालभरी उपलब्ध हुने यस रियलमी टेन प्रो प्लस फाइभ जी किन्ने ५० जना भाग्यशाली ग्राहकहरुले रियलमीको तर्फबाट एउटा सफारी ब्याग उपहारको रुपमा प्राप्त जनाइएको छ।  


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.