add

समानुपातिक ‘अपडेट’ : एमालेले कटायो २० लाख मत,कुनको कति ?






ActPro Nepal

|

१० मंसिर, २०७९

|
1148

काठमाडौं । समानुपातिक तर्फ नेकपा एमालेको अग्रता कायम छ ।

निर्वाचन आयोगको पछिल्लो विवरणअनुसार एमालेले २० लाख ६ हजार ५८७ मत प्राप्त गरी पहिलो स्थानमा रहेको छ। दोस्रो स्थानमा रहेको नेपाली काँग्रेसले १९ लाख ३९ हजार १०४  मत प्राप्त गरेको छ।

तेस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले  ८ लाख ६२ हजार ६६९ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ।

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी ८ लाख ३३ हजार ५९५ मतसहित चौथो  स्थानमा रहेको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले ४ लाख ४१ हजार ९६९ मत ल्याएको छ।  जसपाले २ लाख ३८ हजार ८८७  मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ। नेकपा एकीकृत समाजवादीले १ लाख ८६ हजार १०८ मत  पाएका छन्।

यस्तै, नागरिक उन्मुक्ति पार्टीले १ लाख ६९ हजार ५०५, जनमत पार्टीले १ लाख ६६ हजार ३७० र  लोकतान्त्रिक समाजवादी पार्टीले १ लाख १०२ मत पाएका छन्।

योे पनि :

प्रतिनिधिसभातर्फ १४८ स्थानको नतिजा आउँदा कांग्रेस पहिलो, अन्य कुनको कति ?


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.