add

नुवाकोट २ मा एमालेका खतिवडालाई हराउँदै कांग्रेसका केसी विजयी






ActPro Nepal

|

१० मंसिर, २०७९

|
624

काठमाडौं । नुवाकोटको निर्वाचन क्षेत्र नं २ मा नेपाली कांग्रेसका उम्मेदवार अजुर्ननरसिंह केसी निर्वाचित भएका छन् । ०७४ मा केसीलाई हराएका एमालेका नारायणप्रसाद खतिवडाको संसदीय यात्रामा भने ब्रेक लागेको छ ।

सत्तारुढ पाँच दलीय लोकतान्त्रिक–वाम गठबन्धनको साझा उम्मेदवारको रुपमा प्रतिस्पर्धामा उत्रिएका कांग्रेसका उम्मेदवार केसीले २८ हजार एक सय सात मत ल्याएर जित निकालेका हुन् । मुख्य निर्वाचन अधिकृत मदनबहादुर धामीका अनुसार, केसीका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका सुमनविक्रम पाण्डेले १६ हजार ४७७ र नेकपा (एमाले) का उम्मेदवार नारायणप्रसाद खतिवडाले १५ हजार ५६१ मत ल्याए ।

यसअघि विसं २०७४ को निर्वाचनमा एमालेका उम्मेदवार खतिवडासँग दश हजार मतान्तरले पराजित भएका केसी यो पटक खतिवडाभन्दा १२ हजार पाँच सय ६४ मतान्तरले निर्वाचित भए ।

यही मङ्सिर ४ मा भएको निर्वाचनमा खसेको कूल ७७ हजार चार मतको आज बिहान सम्पन्न गणनाको नतिजाअनुसार राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार झनक प्याकुरेलले १ हजार ५७१ मत ल्याएका छन् भने चुनावी प्रतिस्पर्धामा तीन स्वतन्त्रसहित ११ मध्ये अन्य उम्मेदवारको मत एक हजारभन्दा कम रहेको मुख्य निर्वाचन अधिकृत धामीले जानकारी दिए ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.