new mega bankadd

समानुपातिक ‘अपडेट’ : एमाले पहिलो, कांग्रेस दोस्रो






ActPro Nepal

581

८ मंसिर, २०७९

काठमाडौं । समानुपातिक तर्फ नेकपा एमालेको अग्रता कायम छ ।

निर्वाचन आयोगको पछिल्लो विवरणअनुसार एमालेले एमालेले ४ लाख ७० हजार ३ सय ५२ मत प्राप्त गरी पहिलो स्थानमा रहेको छ। दोस्रो स्थानमा रहेको नेपाली काँग्रेसले ४ लाख ३३ हजार ५ सय २८ मत प्राप्त गरेको छ।

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी २ लाख ४२ हजार ८ सय ५०  मतसहित तेस्रो स्थानमा रहेको छ।

चौथो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले २ लाख २ हजार ५५ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले १ लाख २७ हजार ४ सय ५६ मत ल्याएको छ।  जसपाले ५८ हजार ४६८ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ। जनमत पार्टीले ३० हजार ४९ मत पाएका छन्।

नागरिक उन्मुक्ति पार्टीले ३२ हजार २६४, नेपाल मजदुर किसान पार्टीले ४४  हजार ९४०, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) २९ हजार १७८ ले मत पाएका छन्।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2022. ALL RIGHTS RESERVED.