add

काठमाडौं-७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीको इन्ट्री,को हुन् पराजुली ?






ActPro Nepal

|

७ मंसिर, २०७९

|
1148

काठमाडौं ।  काठमाडौं निर्वाचन क्षेत्र नं ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका संस्थापक केन्द्रिय सदस्य गणेश पराजुली विजयी भएका छन्। बुधबार बिहान सम्पन्न मतगणना अनुसार गणेश पराजुलीले ८ हजार ७४३ मत ल्याएर विजयी भएका हुन्। 

यस्तै, नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उम्मेदवार श्याम घिमिरेले ६ हजार ८००  मत ल्याएका छिन् । 

गठबन्धन उम्मेदवार (मानुषी) यमी भट्टराई ६  हजार ६२ मतमा खुम्चिएका छन्। 

सकारात्मक  साेचका पराजुलीले आफ्नाे विजय पश्चात् प्रतिक्रिया दिँदै आफू भ्रष्टाचारलाइ अन्त्य गरी सुशासन स्थापनाकाे याेजनामा दृढ रहने प्रतिबद्धता व्यक्त गरेका छन् । साथै उनले परिवर्तनकारी शुभचिन्तकहरुमा हार्दिक धन्यवाद समेत व्यक्त गरेका छन् ।

खाेटाङमा जन्मिएका पराजुली एक सफल उद्यमी समेत हुन् ।

को हुन् गणेश पराजुली ?

खोटाङमा जन्मिएका गणेश पराजुली लामो समय देखि निर्यातजन्य वस्तुहरुको उत्पादनमा जोडिएर काम गर्दै आएका छन् । बालाजु नजिक चमतीमा हिमालयन ह्याण्डिक्राफ्ट इण्डष्ट्रिज सञ्चालन गर्दै आएका उनले आफ्नो उद्योग मार्फत प्रत्यक्ष रुपमा करिब ४० जना व्यक्तिहरुलाई रोजगारी उपलब्ध गराउँदै आएका छन् । हाल उनी गाँजामा आधारित विभिन्न रेशाजन्य निर्यातमूलक सामान (कपडा)हरु उत्पादन गरी निर्यात कार्यमा संलग्न छन् ।

पराजुली उच्च शिक्षा अध्ययनको उद्देश्यले काठमाडौं प्रवेश गरेका हुन् । आफ्नो पारिवारिक स्थितिले गर्दा पराजुलीलाई अध्ययन सँगसँगै कुनै जागिरमा समेत जोडिनुपर्ने स्थिति थियो । जागिरको क्रममा उनले एक निर्यातजन्य वस्तु उत्पादन गर्ने कम्पनीमा करिब ३ बर्ष काम गरे । त्यसपछि भने पराजुली आफैं निर्यातजन्य कार्यमा संलग्न हुने मानसिकतामा पुगे । नेपालमा उत्पादन कार्यमा संलग्न रहँदै आएका उत्पादकहरुसँग जोडिएर उनले ती सामानहरु निर्यात गर्ने योजना बनाए ।

यो पनि :

समृद्धिको सपनालाई साकार पार्ने अभिभारा हामी पूरा गर्छौं : पराजुली
मेरो विजयले अर्थतन्त्रका नयाँ आयामहरु खोज्न ठूलो सहयोग पुग्नेछः पराजुली

काठमाडौं ७ मा स्वतन्त्र पार्टीका गणेश पराजुलिको अग्रता, पछ्याउदै एमालेका श्याम घिमिरे


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.