add

नेपाल र पाकिस्तानबीचको मैत्रीपूर्ण फुटबल आज






ActPro Nepal

|

३० कार्तिक, २०७९

|
324

काठमाडौं । नेपाल र पाकिस्तानबीच आज मैत्रीपूर्ण फुटबल खेल हुँदैछ। खेल दशरथ रंगशालामा बेलुका साढे पाँच बजे सुरु हुनेछ।

विश्व फुटबल महासंघ फिफाले तीन वर्षसम्म प्रतिबन्ध लगाएर फुकुवा गरेपछि पाकिस्तानले पहिलो अन्तर्राष्ट्रिय खेलको रूपमा नेपालसँग खेल्न लागेको हो। 

दशरथ रंगशालामा घरेलु टोलीले आज ५०औं खेल खेल्दैछ। नेपालले सन् १९८४ बाट दशरथ रंगशालामा आधिकारिक अन्तर्राष्ट्रिय फुटबल खेल्न थालेको हो।

सन् २०१८ को साफ च्याम्पियनसिपपछि यी दुई टोली पहिलो पटक खेल्दैछन्। त्यसबेला नेपाल २–१ गोलले पराजित भएको थियो। दुई देशबिच अहिलेसम्म १७ खेल भएकोमा पाकिस्तानले सात र नेपालले पाँच खेल जितेका छन्। पाँच खेल बराबरी भएका छन्।

मैत्रीपूर्ण फुटबलका लागि सम्पूर्ण तयारी पुरा भएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।

एन्फाले यो खेलका लागि सामान्य प्याराफिटतर्फ ५ सय, भीआईपीतर्फ १ हजार र ५ हजारको टिकट मूल्य तोकेको छ। नेपाली राष्ट्रिय टोलिका मुख्य प्रशिक्षक प्रवेश कटुवालले नेपाली टोली उच्च मनोवलमा रहेको र पाकिस्तानलाई हराउन सक्षम रहेको बताएका छन्। 

यस्तै, संकटबाट उठेको पाकिस्तानी टोली जितको लागि उत्सुक रहेको पाकिस्तानका मुख्य प्रशिक्षक शहजात अनवरले बताएका छन्।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.