add

वर्ल्डलिंक नेपालको सबैभन्दा ठूलो इण्टरनेट सेवा प्रदायक, कुनको प्रयोगकर्ता कति ?






ActPro Nepal

|

२९ कार्तिक, २०७९

|
452

काठमाडौं । नेपालमा इण्टरनेट प्रयोगकर्ता दिनप्रतिदिन बढ्दै गएको छ । हरेक क्षेत्रमा इण्टरनेटको आवश्यकता बढेसँगै प्रयोगकर्ता पनि बढेका छन् । घरायसी साधारण कामदेखि कार्यालयसम्म इण्टरनेटको प्रयोग हुने गर्छ ।

इण्टरनेट सेवा प्रदायक कम्पनीहरु (आईएसपी) कुनै व्यक्ति वा संस्थालाई इण्टरनेट सेवा प्रदान गर्ने कम्पनी हुन् ।

आइएसपीहरुले इण्टरनेट जडानका साथै इण्टरनेट सेवासँग सम्बन्धित अन्य धेरै प्रकारका सेवाहरु जस्तै वेबसाइट होस्टिङ तथा वेबसाइट डेभलपमेन्ट, सफ्टवेयर प्याकेज, इमेल एकाउन्ट, तथा डोमेन नेम रजिस्ट्रेसनको सेवाहरु पनि प्रदान गर्दछन् ।

प्राधिकरणले इमेलसहित इण्टरनेट सेवा प्रदान गर्न १३८ कम्पनीलाई अनुमति दिएको छ । यी मध्ये धेरैजसोले सेवा प्रदान गरिरहेका छैनन्, अनुमति लिएर मात्रै बसेका छन् ।

यद्यपि तीमध्ये केही कम्पनीसँग मात्र ठूलो सञ्जाल तथा प्रयोगकर्ता छन् । जसको पहिलो नम्बरमा रहेको छ वर्ल्डलिंक ।

वर्ल्डलिंक नेपालका सबैजसो जिल्लामा आफ्नो इण्टरनेट सेवा विस्तार गर्न सफल वर्ल्डलिंक कम्युनिकेसन्स नेपालको सबैभन्दा ठूलो इण्टरनेट सेवा प्रदायक हो ।

इण्टरनेटका साथै यो कम्पनीले डेटा कनेक्टिभिटी, नेटवर्क इन्टिग्रेसन तथा परामर्श, वेब होस्टिङ, हार्डवेयर व्यापार तथा मर्मत र सफ्टवेयर डेभलपमेन्ट जस्ता सेवा पनि प्रदान गर्दै आएको छ ।

असारसम्म वर्ल्डलिंकका ६ लाख ७१ हजार ८३८ जना ग्राहक छन् । फेसबुकसँगको सहकार्यमा वर्ल्डलिंकले नेपालका धेरै क्षेत्रमा निस्शुल्क ‘वाईफाई इण्टरनेट’ सेवा उपलब्ध गराउँदै आएको छ ।

नेपाल टेलिकम एमआईएस प्रतिवेदन अनुसार ग्राहक संख्याका आधारमा दोस्रो नम्बरमा पर्न सफल भएको छ । असारसम्म टेलिकमका २ लाख ९७ हजार ९७९ ग्राहक रहेका छन् ।

नेपाल टेलिकम सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी हो । यो कम्पनीले पनि विभिन्न इण्टरनेट सेवा प्याकेज ल्याएको छ । यसको सबैभन्दा आकर्षक प्याकेज एचटीटीएच नै हो ।

यो घर तथा कार्यालयका लागि उच्च गतिको विश्वसनीय इण्टरनेट सेवा प्रदान गर्ने नयाँ पुस्ताको प्रविधि हो । टेलिकमको इण्टरनेट सेवा सन् २०१५ मा स्थापना भएको हो

सुबिसु प्रतिवेदन अनुसार धेरै ग्राहक हुने इण्टरनेट सेवा प्रदायकको तेस्रो नम्बरमा रहेको छ । असारसम्म सुबिसुका २ लाख ३९ हजार १५९ ग्राहक रहेका छन् । सुबिसु गुणस्तर चिन्ह आइएसओ ९००१:२०१५ तथा २७००१:२०१३ प्राप्त गर्ने नेपालको पहिलो केबल अपरेटर पनि हो ।

पछिल्लो समयमा लोकप्रियता बढाउँदै लगेको सुबिसु नेपालको दोश्रो ठूलो आइएसपी बनिसकेको छ । सुबिसुले पनि मुलुकभर केबल तथा फाइबर इण्टरनेट तथा डिजिटल टीभी सेवा प्रदान गर्दै आएको छ ।

क्लासिक टेक प्रतिवेदन अनुसार सूचीको चौथो नम्बरमा रहेको छ । असारसम्म क्लासिक टेकका प्रयोगकर्ता २ लाख ३६ हजार २४० रहेका छन् ।

‘छोयो कि चल्यो’ भन्ने नाराका साथ ग्राहकलाई तीव्र गतिको विश्वसनीय सेवा प्रदान गर्ने उद्देश्यका साथ सन् २००९ मा क्लासिक टेकको स्थापना भएको हो ।

यो नेपालको पहिलो दोश्रो पुस्ताको टेरेस्टियल डिजिटल भिडियो ब्राडकास्टिङ सर्भिस हो ।

भायनेट सन् १९९९ मा स्थापना भएको भायनेट कम्युनिकेसन्स प्रालि पनि नेपालको प्रमुख इण्टरनेट सेवा प्रदायकमध्येको एक हो ।

प्रयोगकर्ताको संख्या तथा लोकप्रियताको हिसाबले यो नेपालको पाँचौं ठूलो सेवा प्रदायक कम्पनी (आइएसपी) हो ।

ग्राहकहरुलाई उच्च गतिको एफटीटीएच (फाइबर टु द होम) सेवा प्रदान गर्ने भायनेट पहिलो इण्टरनेट सेवा प्रदायक हो ।

एफटीटीएच सेवा काठमाडौं उपत्यकामा निकै लोकप्रिय देखिएको छ। प्रतिवेदन अनुसार असारसम्म भायानेटका २ लाख ३५ हजार ८४१ ग्राहक रहेका छन् ।

डिसहोम नेपालको प्रमुख डिजिटल टीभी सेवा प्रदायकमध्येको एक हो । डिसहोमले गत फेब्रुअरीदेखि डिसहोम फाइबर नेट सेवा ल्याएको छ । असारसम्म डिशहोम फाइबरनेटका १ लाख ४४ हजार ८५३ ग्राहक रहेका छन् ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.