add

३६ कम्पनीको १५ अर्बको आइपीओ पाइपलाइनमा






ActPro Nepal

|

२७ कार्तिक, २०७९

|
334

काठमाडौं । शेयर बजारमा सूचीकृत हुन तयार १५ अर्ब नौ करोड सात लाख १८ हजार रुपैयाँ बराबरको आइपीओ पाइपलाइनमा रहेको छ।

धितोपत्र बोर्डको पाइप लाइनमा रहेको कम्पनीहरुमा ३६ ओटा कम्पनीमध्ये २६ वटा कम्पनी जलविद्युत् क्षेत्रका छन् । नेपाल स्टक एक्सचेञ्जमा जलविद्युत् क्षेत्रका कम्पनीको सङ्ख्या झण्डै चार दर्जन बराबर पुगेको छ । पछिल्ला दिनमा लगातार जलविद्युत् क्षेत्रमा लगानी विस्तार भएको सन्दर्भमा साधारण सेयर विक्री गर्न चाहने कम्पनीको सङ्ख्यामा वृद्धि हुनु पनि स्वभाविक नै छ ।

मोदी इनर्जी, मेछ्याङ हाइड्रोपावर, अप्पर लोहारे हाइड्रोपावर, माईखोला हाइड्रोपावर, चिर्खुवा हाइड्रो, भूगोल इनर्जी, अप्पर स्याङ्गे, रेवा इनर्जी, सगरमाथा इनर्जीलगायतका जलविद्युत् कम्पनीले साधारण सेयर विक्री गर्ने तयारी गरेका हुन् ।

यस्तै रिलायवल लाइफ इन्स्योरेन्स, मुक्तिनाथ कृषि कम्पनी, सर्वोत्तम सिमेन्ट, सोनापुर मिरल्स, नेपाल रिपब्लिक मिडिया, डिस मिडिया नेटवर्क, हाथवे इन्भेष्टमेन्ट, ट्रेड टावर, सिटी होटल, घोराही सिमेन्टले पनि साधारण सेयर विक्रीको तयारी गरेका छन् ।

बोर्डका अनुसार बीपीडब्ल्यु लघुवित्त वित्तीय संस्था, आत्मनिर्भर लघुवित्त वित्तीय संस्था पनि साधारण सेयर विक्रीको प्रतिक्षामा छन् । चालु आवको हालसम्म मात्रै बोर्डले विभिन्न पाँच कम्पनीको एक अर्ब चार करोड ६५ लाख ७५ हजार बराबरको सेयर विक्रीको अनुमति पाइसकेको छ । तीमध्ये केही कम्पनीले साधारण सेयर विक्री गरिसकेका छन् ।

पछिल्लोपटक मात्रै पिपल्स हाइड्रोपावर कम्पनीको साधारण सेयर विक्री सुरु गरेको छ । कम्पनीले सर्वसाधारण, स्थानीयवासीका लागि रु तीन अर्ब २० करोड बराबरको साधारण सेयर विक्री गर्ने गरी बोर्डबाट अनुमति पाएको हो ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.