add

असोज महिनामा मात्रै ६२ हजारभन्दा धेरैले लिए विदेश जान श्रम स्वीकृति,१८ हजार धेरै श्रमिक सीपविहीन






ActPro Nepal

|

२५ कार्तिक, २०७९

|
407

काठमाडौं । रोजगारीका लागि विदेशिनको संख्या केही मात्रामा घटेको छ ।

वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार वैदेशिक रोजगारीमा जान असोज महिनामा ६२ हजारभन्दा बढीले वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिएका छन् ।

वैदेशिक रोजगार विभागको तथ्याङक अनुसार चालु आर्थिक वर्षको असोज महिनामा ६२ हजार ७०७ जनाले पहिलो श्रम स्वीकृति लिएका हुन् ।

गत भदौमा यसरी विदेशिनेको संख्या ७६ हजार ४०३ जना थियो । गत साउन महिनामा ६३ हजार ३९ जना नेपाली कामका लागि विदेशिएका थिए ।

विभागका अनुसार ५७ हजार २९६ जना पुरुष र ५ हजार ४१० जना महिलाले श्रम स्वीकृति लिएका हुन् ।

श्रम स्वीकृति लिएका कामदारहरुमा दक्ष, अर्धदक्ष, पेशागत, सिप भएका र सीप नभएका कामदारहरुको संख्या रहेको छ ।

वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएकाहरुमा उच्चदक्ष कामदारको संख्या १४, पेशागत कामदारको संख्या १०९, अर्धदक्ष कामदारको संख्या ४ हजार २१६ सीपयुक्त कामदारको संख्या ३९ हजार ७९० र सीप नभएका कामदारहरुको संख्या १८ हजार ५७७ रहेको तथ्याङकमा उल्लेख छ ।


असोजमा कतारमा ९ हजार ८४५, यूएईमा ७ हजार ८४५, साउदी अरेबियामा ६ हजार ५३६, कुवेतमा ३ हजार ४९७ र कोरियामा १ हजार ९१८ जना नेपाली श्रमिक पुगेका छन् ।

असोज महिनाको तथ्यांकअनुसार ३७ हजार ४१२ जना श्रमिकलाई म्यानपावर कम्पनीले नै भिसा प्रक्रिया पूरा गरेर विदेश पठाएका छन् ।

बाँकी भने श्रम स्वीकृति नवीकरण तथा व्यक्तिगत किसिमका श्रम स्वीकृतिबाट विदेश गएका हुन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.