add

२ लाख १० हजार करदाता थपिए






ActPro Nepal

|

२५ कार्तिक, २०७९

|
389

काठमाडौं । अर्थ मन्त्रालयले पछिल्लो तीन महिनामा २ लाख बढी करदाता करको दायरामा समेटिएको विवरण सार्वजनिक गरेको छ। यसमध्ये व्यक्तिगत स्थायी लेखा नम्बर लिनेको संख्या बढी छ।

मन्त्रालयका अनुसार पहिलो त्रैमास (साउन–असोज)मा स्थायी लेखा नम्बर प्राप्त गर्ने करदाता १ लाख ९८ हजार ८७ रहेका छन्। यीमध्ये व्यक्तिगत स्थायी लेखा नम्बर लिनेको संख्या १ लाख ४८ हजार ७७३ छ।

यस अवधिमा ४६ हजार १ वटा व्यावसायिक स्थायी लेखा नम्बर जारी भएको मन्त्रालयले बताएको छ। अग्रिम कर कट्टी प्रयोजनका लागि ३ हजार ३१३ प्यान नम्बर जारी भएका छन्। तीन महिने अवधिमा मूल्य अभिवृद्धि करमा ७ हजार २०७, अन्तःशुल्कमा ४ हजार ७१८ नयाँ करदाता थप भएका छन्।

मन्त्रालयको विवरणअनुसार प्यान नम्बर लिने करदाताको संख्या ५० लाख माथि पुगेको छ। व्यक्तिगत स्थायी लेखा नम्बरअनुसार देशभर प्यानमा दर्ता हुने करदाताको संख्या ३१ लाख ९९ हजार ७७ जना पुगेको छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.