add

भारतलाई हराएर टी २० विश्वकपको फाइनलमा पुग्यो इंग्ल्यान्ड






ActPro Nepal

|

२४ कार्तिक, २०७९

|
352

काठमाडौं । अष्ट्रेलियामा जारी टी २० विश्वकपको दोस्रो सेमिफाइनलमा भारतविरुद्ध १० विकेटको शानदार जित निकाल्दै इंग्ल्यान्ड फाइनलमा स्थान सुरक्षित गरेको छ। एडिलेट ओभलमा भारतले दिएको १६९ रनको लक्ष्य उसले १६ ओभरमा बिना विकेटको क्षतिमा पूरा गर्यो।

इंग्ल्यान्डको जितमा ओपनरद्वय एलेक्स हेल्स ४७ बलमा ४ चौका र ७ छक्कासहित ८६ रनमा अविजित रहे। त्यस्तै कप्तान जस बटलर ४९ बलमा ९ चौका र ३ छक्कासहित ८० रनमा अविजित रहे।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले पूरा ओभरमा ६ विकेट गुमाउँदै १ सय ६८ रन बनाएको थियो। भारतका लागि विराट कोहलीले ५० रन बनाए भने हार्दिक पान्ड्याले ६३ रन। ओपनर के एल राहुल पाँच रन बनाएर आउट भए। अर्का ओपनर कप्तान रोहित शर्माले २७ रन बनाए। रिसभ पन्तले ६ रन बनाए भने सूर्यकुमार यादवले १४ रन जोडे। इंग्ल्यान्डको बलिङतर्फ क्रिस जोर्डनले ३ विकेट लिए। क्रिस वोक्स र आदिल राशिदले १–१ विकेट लिए।

अब इंग्ल्यान्डले उपाधिका लागी आइतबार पाकिस्तानविरुद्ध खेल्नेछ। बुधबार भएको खेलमा पहिलो सेमिफाइनल खेलमा न्युजिल्यान्डलाई ७ विकेटले हराउँदै पाकिस्तानले फाइनलमा स्थान बनाइसकेको छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.