add

हिमालयन बैंकद्धारा त्रिवि शिक्षण अस्पताललाई बारकोड रिडर र प्रिन्टर सहयोग






ActPro Nepal

|

२२ कार्तिक, २०७९

|
347

काठमाडौं । हिमालयन बैंक लिमिटेडले महाराजगंजस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताललाई १२ थान बारकोड रिडर र १२ थान प्रिन्टर सहयोग गरेको छ ।

बैंकले आफ्नो सस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत अस्पताललाई ४ लाख ५३ हजार ८४० रुपैयाँ बराबरको उक्त सामग्री सहयोग गरेको हो ।

सो बारकोड रिडर र प्रिन्टर बैंकले अस्पतालको भुक्तानी काउन्टरमा आउने सेवाग्राहीलाई सहजता होस् भन्ने मनसायले एक समारोह बीच प्रदान गरेको हो ।

बारकोड रिडरको कमिले गर्दा भुक्तानी काउन्टरका कर्मचारीहरुले सेवाग्राहीहरुको विवरण पटक–पटक प्रविष्ट गर्नुपर्नाले बढी समय लाग्ने भएको हुँदा उक्त झन्झटबाट मुक्त भई सेवाग्राहीको समय बचत होस् र छिटो सेवा प्रदान गर्न सकियोस् भन्ने उद्देश्यले बंैकले उक्त समाग्रीहरु प्रदान गरेको हो ।

सहयोगका सामाग्रीहरु बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले अस्पतालका कार्यकारी संचालक प्रो. डा. दिनेश काफ्लेलाई हस्तान्तरण गरेका थिए ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.