add

एनआइसी एशिया लघुवित्तको नाफामा भारी गिरावट, प्रतिसेयर आम्दानी कति ?






ActPro Nepal

|

२१ कार्तिक, २०७९

|
334

काठमाडौं । एनआइसी एशिया लघुवित्त वित्तीय संस्थाको खुद नाफामा भारी गिरावट आएको छ । लघुवित्तले सोमबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा ६८.१७ प्रतिशतले घटेको छ ।

लघुवित्तले चालु आवको असोज मसान्तसम्ममा ६ करोड ५७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा १४ करोड रुपैयाँ कम हो । लघुवित्तले गत वर्षको पहिलो त्रैमासमा २० करोड ६७ लाख खुद नाफा कमाएको थियो ।

खुद ब्याज आम्दानी र सञ्चालन नाफामा उल्लेख्य गिरावट आएसँगै लघुवित्तको खुद नाफामा उच्च गिरावट आएको हो । साथै, ऋण असुल हुन नसक्दा ठूलो रकम प्रोभिजनिङ गर्नुपर्दा लघुवित्तको नाफा घटेको हो ।

समीक्षा अवधिमा छिमेकको खुद ब्याज आम्दानी ३१.०९ प्रतिशतले घटेर २९ करोड २ लाख रुपैयाँमा सीमित भएको छ । त्यस्तै, सञ्चालन नाफा ६८.१७ प्रतिशतले घटेर ९ करोड ३९ लाख रुपैयाँमा झरेको छ ।

समीक्षा अवधिसम्म लघुवित्तले १९ अर्ब २३ करोड निक्षेप तथा सापटी लिई २१ अर्ब ५५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । हाल १ अर्ब ७३ करोड रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको जगेडा कोषमा १ अर्ब ६६ करोड रुपैयाँ संचित छ ।

खुद नाफा घटेसँगै लघुवित्तको प्रतिसेयर आम्दानीमा पनि उच्च गिरावट आएको छ । समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी ४६.१६ रुपैयाँबाट घटेर १५.१३ रुपैयाँमा झरेको छ ।

समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर नेटवर्थ १५८.७९ रुपैयाँ, मूल्य आम्दानी अनुपात ४७.४५ गुणा, खराब कर्जा ३.८१ प्रतिशत रहेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.