add

यू–१५ महिला साफ खेल्ने नेपलाी टिमको बिदाइ






ActPro Nepal

|

१२ कार्तिक, २०७९

|
416

काठमाडाैं, कात्तिक १२ : यू–१५ महिला साफ च्याम्पियनसिप खेल्ने नेपाली टिमको बिदाइ गरिएको छ। शुक्रबार अखिल नेपाल फुटबल संघ (एन्फा) एक कार्यक्रम गर्दै प्रतियोगिताका लागि बंगलादेश जाने नेपाली टिमको बिदाइ गरेको हो।

नेपाली टिमलाई राखेपका सदस्य सचिव टंकलाल घिसिङ, एन्फा अध्यक्ष पंकजविक्रम नेम्बाङलगाउयतले बिदाइ गरे।

साफ च्याम्पियनसिपका लागि नेपाली टोली आज बंगलादेश प्रस्थान गर्ने छ।

नोभेम्बर १ देखि ११ सम्म हुने प्रतियोगितामा नेपाल, बंगलादेश र भुटान मात्र सहभागी छन्। प्रतियोगिता डबल राउन्ड रोबिनका आाधारमा हुनेछ। लिगका शीर्ष स्थानमा रहने टिम विजेता बन्ने छ।

प्रतियोगिताको पहिलो खेल नेपालले नोभेम्बर ३ मा भुटानसँग खेल्ने छ। नेपाली टोलीको मुख्य प्रशिक्षकमा भगवती रानामगर छिन् भने कप्तान दीपा रोकाय छिन्।

नेपाली टोली

राधिका ओली, सुजाता तामाङ, रुपा धिमाल, सीता रोकाया, अमिता भुल, दीपा मगर, अञ्जना पुन मगर, प्रेरणा डोल्मा लामा, रेणु लिम्बु, विपना स्नेही, सिमरन राई, पुनम चेम्जोङ, भावना परियार, सविता मण्डल, भूमिका बुढाथोकी, सुशीला केसी, सुक्रिया मिया, रेविका नेपाली, मनिषा सेन, दीपा रोकाया , समीक्षा मगर, वर्षा ओली, सेनु परियार


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.