add

टी-२० विश्वकप शुरु, कुन–कुन टिम छन् सहभागी ?






ActPro Nepal

|

३० असोज, २०७९

|
651

काठमाडौं  । आठौँ संस्करणको टी-२० विश्वकप आजबाट अष्ट्रेलियामा सुरु हुँदैछ । प्रतियोगिताको पहिलो दिन २ खेल हुनेछन् ।

उद्घाटन खेलमा नामिबिया र श्रीलंका खेल्दै छन् । जीएमएचबीए मैदानमा हुने खेल नेपाली समय अनुसार बिहान ९:४५ मा शुरू हुनेछ ।

आइतवार नै हुने दोस्रो खेलमा समूह ‘ए’ का यूएई र नेदरल्यान्ड्स खेल्दै छन् । जीएमएचबीए मैदानमा हुने दुई टोलीबीचको खेल नेपाली समय अनुसार दिउँसो १:४५ मा हुनेछ ।

विश्वकपमा १६ टोलीले सहभागिता जनाउनेछन् । प्रतियोगिता अस्ट्रेलियाका विभिन्न ७ स्थानमा हुनेछ । पहिलो चरण का२ समूहबाट शीर्ष २ टाेली सुपर १२ मा पुग्नेछन् ।

पहिलो चरणको समूह `ए मा नामिबिया, श्रीलंका, नेदरल्याण्ड्स र युएई तथा समूह ‘बी’ मा आयरल्याण्ड, जिम्बाब्वे, वेस्ट इण्डिज र स्कटल्याण्ड छन् । पहिलो चरणको खेलपछि मात्रै सुपर १२ को खेलहरु हुनेछन् ।

सुपर १२ को समूह १ मा इंग्ल्याण्ड न्युजिल्याण्ड, अस्ट्रेलिया अफगानिस्तानसँगै पहिलो चरणबाट समूह ‘ए’ को विजेता र समूह ‘बी’ को उपविजेता हुनेछन् ।

त्यस्तै, सुपर १२ को समूह २ मा भारत, पाकिस्तान, दक्षिण अफ्रिका, बंगलादेशसँगै पहिलो चरणबाट समूह ‘बी’ को विजेता र समूह ‘ए’ को उपविजेता रहनेछन् ।

सुपर १२बाट प्रत्यक टाेलीका शीर्ष टोली २ सेमिफाइनलमा पुग्नेछन् । दक्षिण अफ्रिका र न्युजिल्यान्डको सोच पहिलो पटक विश्वकप जित्ने हुनेछ । भारत २००७ पछि विश्वकप जित्ने लक्ष्यमा छ । घरेलु टोली अस्ट्रेलिया उपाधि रक्षा गर्न चाहन्छ ।

यी टाेलीसँगै पाकिस्तान र इंग्ल्याण्डलाई पनि उपाधि दाबेदारका रूपमा हेरिएकाे छ । टि-२० विश्वकपमा हालसम्म ७ संस्करण सकिँदा ६ टोली विजेता बनेका छन् । हालसम्म वेस्ट इण्डिज २ पटक विश्वकप जित्ने एक्लाे टोली हो ।

लगातार दोस्रो वर्ष टि-२० विश्वकप आयोजना हुन लागेको यो सन् २००९ र २०१० पछि पहिलो पटक हाे ।

२००७ मा भारत, २००९ मा पाकिस्तान, २०१० मा इंग्ल्याण्ड, २०१२ मा वेस्ट इण्डिज २०१४ मा श्रीलंका, २०१६ मा वेस्ट इन्डिज र २०२१ मा अस्ट्रेलिया टि -२० विश्वकप विजेता बनेका थिए ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.