add

चाडबाडमा सुरक्षा सजगता अपनाउन काठमाडौं प्रहरीको आग्रह






ActPro Nepal

|

४ असोज, २०७९

|
655

काठमाडौं । उपत्यकामा चाडबाडको समयमा हुने आपराधिक गतिविधि न्यूनीकरण गर्न नेपाल प्रहरीले चाडपर्वलक्षित सुरक्षा योजना आजबाट कार्यान्वयनमा ल्याएको छ । दशैँ तिहार र छठलाई लक्षित गरेर प्रहरीले विशेष सुरक्षा योजना तयार गरेको थियो ।

काठमाडौं महानगरपालिका लक्षित सुरक्षा योजना असोज ४ गते अर्थात् मंगलबारदेखि लागू हुने भएको हो । प्रहरी र नागरिकको जिम्मेवारी बराबर शान्ति सुरक्षामा प्रहरीको सरोकार हुने भएकाले सम्पूर्ण उपत्यका बासीलाई सुरक्षित र सचेत रहन अनुरोध गरिएको छ ।

प्रत्येक नागरिकले आफ्नो घर, भाडामा वा काममा बस्ने व्यक्तिको नाम, थर, स्थायी वतन र फोटोसहितको बिवरण राख्नुपर्ने हुन्छ । प्रहरीले आफ्नो घर र टोलमा शंकास्पद व्यक्तिको गतिविधि देखिए तुरुन्त खबर गर्न पनि अनुरोध गरेको छ ।

चाडपर्वमा पाकेटमार, चोरी, डकैती र लुटपाटका घटना धेरै हुने हुँदा बैंक बित्तीय संस्था, भीडभाड हुने ठाउँ, मेला लाग्ने ठाउँ र मठमन्दिर लगायतका भित्री क्षेत्रमा प्रहरीको संख्या बढाउने र चेक प्वाइन्टमा गस्ती खटाउने तयारी प्रहरीको छ ।

सार्वजनिक स्थानमा धुमपान, मद्यपान गर्ने कार्यलाई निरुत्साहित गर्दै लागूऔषध, नशालु पदार्थ सेवन तथा वेचविखन गर्नेबारे पनि प्रहरीलाई जानकारी गराउन समेत प्रहरीले अनुरोध गरेको छ । मादक पदार्थ सेवनगरी सवारी साधन चलाउनेलाई कडा कारबाही गरिने भएको छ ।

जथाभावी पार्किङमा समेत कडाई हुने भएको छ । अपरिचित व्यक्तिले दिएको खानेकुरा नखाने, नचिनेको व्यक्तिले घरको ढोकामा आवाज दिएमा नखोल्ने, आफ्नो घर, टोल, छिमेकमा आपत्कालीन साइरन र सिसिटिभी क्यामेरा जडान गरी सुरक्षित रहनु पर्ने समेत प्रहरीको भनाई छ ।

विद्युतीय माध्यमबाट मात्र आर्थिक कारोवार गर्ने, नगदबाट गर्नुपर्दा उच्च सावधानी अपनाउने र धम्कीपूर्ण फोन आएमा रेकर्ड गर्न मिल्नेसम्म रेकर्ड गरी फोन नम्बरसहित प्रहरीलाई खबर गर्न प्रहरीले भनेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.