add

चितवन गोल्डकपको उपाधि आर्मीलाई






ActPro Nepal

|

४ असोज, २०७९

|
651

भरतपुर । त्रिभुवन आर्मी फुटबल क्लब इसुजु चितवन गोल्डकप च्याम्पियन बनेको छ।

नारायणगढको क्याम्पा चौरमा सोमबार सम्पन्न फाइनल खेलमा अर्को विभागीय टोली सशस्त्र प्रहरी बल (एपिएफ) एफसीलाई २-० ले पराजित गर्दै आर्मीले उपाधि जितेको हो। आर्मीको जितमा सुदील राई नायक बने। दुवै गोल उनले नै गरे।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफको तेस्रो मिनेटमा सुदीलले गोल गर्दै आर्मीलाई अग्रता दिलाए। कप्तान जर्ज प्रिन्स कार्कीको पासमा उनले गोल गरे। ६१औं मिनेटमा एपिएफका कप्तान नवीन लामाको फ्री किकमा आर्मीका गोलरक्षक विश्वास चौधरी बाधक बने।

खेल सकिन एक मिनेट बाँकी रहँदा सुदीलले नै व्यक्तिगत दोस्रो गोल गर्दै आर्मीको जित सुनिश्चित गरे। उनी खेलको म्यान अफ दि म्याच भए। उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे।

विजेता आर्मीले सात लाख रुपैयाँ प्राप्त गरेको छ। उपविजेतामा सीमित एपिएफले तीन लाख ५० हजार रुपैयाँ प्राप्त गरेको छ। एपिएफका हरि कार्की गोल्डकपको सर्वोकृष्ट खेलाडी घोषित भए।

केबिए ग्लोबल भरतपुर फुटबल क्लबका राज भुसाल सर्वाधिक गोलकर्ता बने। उनले गोल्डकपभर सात गोल गरेका थिए। यस्तै आर्मीका विश्वास चौधरी सर्वोकृष्ट गोलरक्षक घोषित भए। उनीहरूले जनही नगद २०-२० हजार रुपैयाँ प्राप्त गरे।

भरतपुर फुटबल क्लबको आयोजनामा सम्पन्न गोल्डकपमा दुई ए डिभिजन र दुई विदेशी गरी १० टोली सहभागी थिए।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.