add

एनसेलले ल्यायो अनलिमिटेड र अल नेटवर्क प्याक






ActPro Nepal

|

३ असोज, २०७९

|
453

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले आठौं संविधान दिवसको अवसरमा आइतबार (असोज २) बाट लागु हुने गरि नयाँ दुई विशेष अफर संचालन ल्याउँदै छ ।

यो अफर अन्तर्गत ग्राहकहरुले आकर्षक अनलिमिटेड डेटा र अन नेट भ्वाइस प्याकका साथै अल नेट भ्वाइस र एसएमएस प्याकको फाइदा लिन सक्छन् ।

यी प्याकहरु आइतबारबाट तीन दिनका लागि मात्र संचालनमा रहनेछन् । यसको मतलब ग्राहकहरुले यी प्याकहरु आइतबार देखि मंगलबार अर्थात असोज २ देखि ४ गतेसम्ममात्र लिन पाउँनेछन् । असोज ३ गते सोमबार आठौं संविधान दिवस मनाईदै छ ।

ग्राहकहरुले एक दिन समयावधि रहेको अनलिमिटेड डेटा र अन नेट भ्वाइस प्याक कर सहित रु ५९ खरिद गर्न सक्छन् । यो प्याक सुचारु गरेपछि ग्राहकले एक दिन अर्थात २४ घण्टासम्म अनलिमिटेड डेटा र अन नेट भ्वाइस सेवा लिन पाउँछन् ।

एनसेल बाहेक अन्य सेवा प्रदायकका नम्बरहरुमा यो अफर अवधिभर अझ सुलभ दरमा कल गर्न र एसएमएस पठाउन ग्राहकले मात्र रु ९५ मा २०० मिनेट अल नेट टक टाइम र २०० वटै एसएमएस बन्डल भएको प्याक लिन सक्छन् । यस प्याकमा पाइने अल नेट टक टाइम र एसएमएसको समयावधि ३ दिनको हुन्छ ।

संविधान दिवसको अवसरमा ल्याइएका दुवै प्याकले ग्राहकलाई ठूलो महत्व राख्ने विश्वास रहेको एनसेलले जनाएको छ । यी प्याकमार्फत ग्राहकले अझ सुलभ दरमा भ्वाइस, डेटा र एसएमएस सेवा लिन सक्छन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.