add

लघु बीमा : देखिएन आकर्षण,एउटा पनि परेन आवेदन






ActPro Nepal

|

२ असोज, २०७९

|
451

काठमाडौं । लघुबीमा कम्पनीको लाइसेन्स लिनका लागि लगानीकर्ता आकर्षित हुन नसकेको देखिएको छ । बीमा समितिले लाइसेन्सका लागि आवेदन माग गरेको ३ साता बिते पनि अहिलेसम्म एउटा पनि आवेदन नपरेको हो ।

समितिले भदौ १० गते लघुबीमा कम्पनी स्थापनाका लागि ३५ दिने सूचना निकालेर आवेदन माग गरे पनि हालसम्म एउटा पनि आवेदन नपरेको समितिले जनाएको छ ।यद्यपि, समितिले दिएको आवेदन दिने समायवधि अझै दुई साता बाँकी छ ।

बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल करिब तीन साता बितिसक्दा पनि लघुबीमा कम्पनीको लाइसेन्सका लागि आवेदन नपरेको बताउँछन् ।

‘लघुबीमा कम्पनी स्थापना प्रयाेजनका लागि नियामक निकाय बीमा समितिले लाइसेन्सका लागि आवेदन माग गरेको करिब १९/२० दिन भइसकेको छ । तर, हालसम्म एउटा पनि आवेदन परेको छैन्,’ उनले भने ।

बीमाको दायरा र पहूँच विस्तार गर्न भन्दै समितिले सातवटै प्रदेशमा जीवन र निजीवन लघुबीमा कम्पनी स्थापना गर्ने तयारी थालेको छ । तर, तीन साता बितिसक्दा समेत लाइसेन्स लिनका लागि आवेदन नै नपरेपछि कम्पनी स्थापना हुने वा नहुनेमा समिति भित्र अन्याेल छ ।

सरकारले चालु आर्थिक वर्षको बजेट मार्फत लघुबीमा कम्पनी स्थापना गर्ने घोषणा गरेको छ । जसलाई कार्यान्वयन गर्न समितिले लघुबीमा निर्देशिका जारी गरेर लाइसेन्सका लागि आवेदन माग गरेको थियो ।

आर्थिक चलखेलको भरमा आफ्नै नीति विपरित समितिले लाइसेन्स वितरणको काम गरेको भन्दै चौतर्फी आलोचना भइरेहको थियो । तर, कम्पनीप्रति आकर्षण नदेखिँदा लघुबीमा कम्पनी सबै प्रदेशमा स्थापना हुन्छ वा हुदैन् भन्नेमा शंका गर्न थालिएको छ ।

समितिले लघुबीमा कम्पनीको स्थापनाका लागि ७५ करोड रुपैयाँ चुक्ता पूँजी तोकेको छ । गत चैतमा मात्र जीवन र निर्जीवन बीमा कम्पनीको संख्या घटाउन साढे दुई गुणाले चुक्ता पूँजी बढाउने निर्णय गरेको थियो ।

एकतिर पूँजी बढाएर बीमा कम्पनीलाई मर्जरका लागि दबाब र अर्कोतिर लाइसेन्स वितरणले समितिको दोहोरो चरित्र देखिएको भन्दै विज्ञहरुले आपत्ति जनाएका थिए । विदेशमा लघुबीमाकम्पनीको अभ्यास भएपनि नेपालमा भने ठूला बीमा कम्पनीहरले नै लघुबीमा व्यवसाय गदै आएका छन् ।

ती कम्पनीहरुले ५ प्रतिशत लघुबीमा अनिवार्य गर्नुपर्ने भएपनि सहरकेन्द्र्रित व्यवसायका कारण ग्रामीण क्षेत्रमा जानसकेका छैनन् । जसको विकल्पमा बीमा समितिले ३ जीवन र ४ निर्जीवन गरी लघुबीमा कम्पनीको अनुमति दिने निर्णय गरेको छ ।

कम्पनीको संख्या अनुसार बजार नहुँदा संञ्चालनमै रहेका बीमा कम्पनीको व्यवसायमा पनि संकूचन आएका कारण लघुबीमामा आकषर्ण नदेखिएको एक निर्जीवन बीमा कम्पनीका कार्यकारी निर्देशकले बताए ।

‘संञ्चालनमा रहेकै यत्ति बीमा कम्पनीलाई व्यवसाय पुगिरहेको अवस्था छैन् । अब त्यो बीमाको पनि एउटा पाटो लघुबीमा कम्पनीको किन लाइसेन्स लिने भन्ने प्रश्न हो,’ उनी भन्छन्, ‘घाटा खाएर व्यवसाय कसैले गदैन् । ७५ करोड रुपैयाँ चुक्ता पूँजी राखेर त्यसको प्रतिफल कहिले आउने,बजार नै छैन् । त्यसैले यसमा लाइसेन्स लिनेहरुले चासो नदेखाएको होला ।’

लघुबीमा कम्पनी खोल्न समितिले गत वर्षदेखि नै आन्तरिक तयारी गरिरहेको थियो । उक्तक्रममा कतिपय कम्पनीहरुले लाइसेन्सका लागि आवेदन दिएका थिए । तर, समितिले नयाँ सूचना आह्वानसँगै पुराना आवेदन खारेज भएको जनाएको छ । नयाँ कम्पनीको स्थापनामा कार्यालय पनि उपत्यका बाहिर हुनुपर्ने मापदण्ड समितिले तोकेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.