add

बरुण हाइड्रोपावरको हकप्रद भर्ने आज अन्तिम दिन,






ActPro Nepal

|

३१ भदौ, २०७९

|
451

काठमाडौं । बरुण हाइड्रोपावर लिमिटेडको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले भदौ ६ गतेदेखि विक्रीमा ल्याएको हाल कायम चुक्ता पूँजीको १०० प्रतिशत अर्थात् १:१ अनुपातका हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले २६ करोड ७९ लाख ७ हजार ५०० रुपैयाँ बराबरको २६ लाख ७९ हजार ७५ कित्ता हकप्रद विक्रीमा ल्याएको हो ।

कम्पनीले हकप्रद निष्काशनका लागि साउन २ गते बुकक्लोज गरेको थियो। त्यसअनुसार साउन १ गतेसम्म नेप्सेमा कारोबार भइ कायम रहेका सेयरधनीले उक्त हकप्रदमा आवेदन दिन पाउने छन् ।

हकप्रदमा आरबीमर्चेन्ट बैंकिङ्ग र राष्ट्रिय वाणिज्य बैंकको विभिन्न शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। साथै, नेपाल धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालय र मेरोसेयर मार्फत आवेदन दिन पाइने छ । हकप्रदमा भदौ २६ गतेसम्म आवेदन दिन पाउनेछन्।

कम्पनीको हकप्रद सेयरको विक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ। कम्पनीको हकप्रदलाई क्रेडिट रेटिङ एजेन्सी केयर रेटिङ नेपालले केयर एनपी डबल बी प्लस आइएस रेटिङ दिएको छ । यसले वित्तीय दायित्व पूरा गर्न मध्यम जोखिममा रहेको संकेत गर्दछ।

हाल २६ करोड ७९ लाख ७ हजार ५०० रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको हकप्रद निष्काशनपछि ५३ करोड ५८ लाख १५ हजार रुपैयाँ पुग्नेछ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.