add

आजबाट काठमाडौंमा साफ च्याम्पियनसिप






ActPro Nepal

|

२१ भदौ, २०७९

|
697

काठमाडौं । साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता आजबाट काठमाडौंमा शुरु हुने भएको छ।

आज उद्घाटन खेलमा नेपाल र भुटान प्रतिस्पर्धा गर्नेछन्। उद्घाटन खेल काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा बेलुका साढे ५ बजे हुनेछ।

प्रतियोगितामा दक्षिण एशियाका सात देशको सहभागिता रहेको छ। सातै देशलाई दुई समूहमा विभाजन गरी लिगकम नकआउटका आधारमा खेलाइनेछ।

प्रतियोगितामा सहभागी हुन भारत, श्रीलङ्का, भुटान, बङ्गलादेश, पाकिस्तान र माल्दिभ्सको टोली काठमाडौं पुगिसकेको छ।  

समूह ‘ए’ मा नेपाल, श्रीलङ्का र भुटान छन् भने समूह ‘बी’ मा भारत, बङ्गलादेश, पाकिस्तान र माल्दिभ्स छन्। प्रत्येक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा प्रवेश गर्नेछन्।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.