add

चितवन गोल्डकपको तयारी अन्तिम चरणमा






ActPro Nepal

|

२१ भदौ, २०७९

|
432

भरतपुर ।  भदौ २५ गतेदेखि सुरु हुने इसुजु चितवन गोल्डकप अन्तराष्ट्रिय आमन्त्रण फुटबलको तयारी अन्तिम चरणमा पुगेको छ। आयोजक भरतपुर फुटबल क्लबले सोमबार पत्रकार सम्मेलन गरी गोल्डकपको तयारीबारे जानकारी दिएको हो।

नारायणगढको क्याम्पा चौरमा असोज ३ गतेसम्म चल्ने गोल्डकपका लागि चार हजार दर्शक क्षमताको अस्थायी प्याराफिट निर्माण भइरहेको संयोजक धुव्र भुसालले जानकारी दिए। 

गोल्डकपमा स्वदेशी र विदेशी गरी १० टोली सहभागी हुनेछन्। सहभागी टिमलाई दुई समूहमा विभाजन गरिएको छ। गोल्डकपको उद्घाटन खेलमा आयोजक भरतपुर फुटबल क्लब र मोतिहारी एफसी भिड्नेछन्। गोल्डकप विजेताले उपाधिसहित सात लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले तीन लाख ५० हजार प्राप्त गर्नेछ। 

प्रतियोगिता सम्पन्न गर्न ७० लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ। दर्शकका लागि सेमिफाइनलसम्म एक सय र सेमिफाइनल र फाइनलका लागि दुई सय रुपैयाँको टिकटको व्यवस्था गरिएको छ। 

'यसलाई मोफसलकै प्रतिष्ठित प्रतियोगिताको रुपमा स्थापित गर्ने लक्ष्य छ। हामी त्यही अनुसार अघि बढिरहेका छौं,' भुसालले भने।

पत्रकार सम्मेलनमा चितवन जिल्ला फुटबल संघका अध्यक्ष श्रीकृष्ण कार्कीले ठूलो लगानीमा स्तरीय प्रतियोगिता आयोजना हुनु गौरवको विषय भएको बताए। 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.