add

हिमालय एयरलाइन्सकाे नेपाल-चीन उडान एक महिना बन्द हुने






ActPro Nepal

|

३१ साउन, २०७९

|
689

काठमाडौं । एउटै उडानमा १५ जना यात्रुमा कोरोना भाइरसको संक्रमण पुष्टी भएपछि चीन सरकारले हिमालय एयरलाइन्सलाई चार साता लामो प्रतिवन्ध लगाएको छ ।

चीनमा एक उडानमा १० जना भन्दा बढी मानिसमा कोरोना पुष्टी भएमा कारवाहीस्वरुप वायुसेवा कम्पनीलाई उडान प्रतिवन्ध लाग्छ । नेपाल नागरिक उड्डयन प्राधिकरण स्रोतका अनुसार अगस्ट २ मा हिमालयबाट चीन उडेका १५ जना यात्रुलाई कोरोना देखिएको थियो ।

त्यसपछि चीनले अगस्ट २२ देखि लागू हुने गरी चार साता लामो प्रतिवन्ध लगाएको हो । अहिले हिमालयले चीनको कुइमिङमा सातामा एक उडान गर्छ । यसले चीनबाट आइरहेको पर्यटकको संख्यामा ब्रेक लाग्ने भएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.