add

तेस्रो पार्टी संलग्न रहेको भन्दै भारतमाथि फिफाको प्रतिबन्ध






ActPro Nepal

|

३१ साउन, २०७९

|
641

काठमाडौं । विश्व फुटबलको सर्वोच्च संस्था फिफाले भारतको फुटबल बोर्डमाथि प्रतिबन्ध लगाएको छ।

फिफो अल इन्डियन फुटबल फेडेरेसन(एआईएफएफ) मा तेस्रो पार्टी संलग्न रहेको भन्दै अनिश्चितकालका लागि प्रतिबन्ध लगाएको हो।

यता भारतले आउँदो अक्टोबरमा यू १७ को महिला फुटबल विश्वकप आयोजना गरेको थियो। यो प्रतिबन्धले त्यो विश्वकपलाई पनि असर गरेको छ। अब त्यो विश्वकप समयमा नहुने भएको छ।

फिफाले अक्टोबरमा भारतमा हुने ‘विश्वकपलाई जोखिममा पार्दै’ र ‘फिफाको विधानलाई गम्भीर उल्लंघन गर्दै’सम्झौता गरेको आरोपलाई एआईएफएफलाई प्रतिबन्ध गरेको जनाएको हो। उसले यो निर्णय अगस्त १५ मा गरेको हो।

अब जहिले एआईएफएफमा उसले आफ्नै पुरा नियन्त्रण राख्न सक्छ त्यसपछि मात्र उसको प्रतिबन्ध फुकुवा हुने फिफाले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

यता, फिफाको नियमविपरित एआईएफएफका अध्यक्ष प्रफुल्ल पटेल नयाँ चुनाव नगरी कार्यकालभन्दा धेरै बाहिरी पदमा बसिरहेपछि फेडेरेसन अहिले अव्यवस्थामा चलिरहेको छ।

अहिले एआईएफएल त्यहाँका कर्मचारीद्वारा मात्र चलिरहेको छ।

अब भारतमा अक्टोबरमा ११ देखि ३० तारिखसम्म विश्वकप आयोजना गरिएको छ। यसअघि सन् २०२० मा आयोजना गरिएको प्रतियोगिता कोभिड १९ को महामारीका कारण स्थगित गरिएको थियो।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.