add

सगरमाथा इन्स्योरेन्सको खुद नाफामा गिरावट,प्रतिसेयर आम्दानी कति ?






ActPro Nepal

|

३१ साउन, २०७९

|
678

काठमाडौं । सगरमाथा इन्स्योरेन्सको खुद नाफामा गिरावट आएको छ । कम्पनीले मंगलबार सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा ८.७१ प्रतिशतले घटेको छ ।

सगरमाथाले गत असार मसान्तसम्म ४० करोड २२ लाख ७८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४ करोड रुपैयाँ कम हो । अघिल्लो वर्ष कम्पनीले ४४ करोड ६ लाख ७७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

सगरमाथाले कमाएको खुद नाफा शिखर इन्स्योरेन्सकोभन्दा ८ लाख रुपैयाँ बढी हो । शिखरले गत वर्ष ४० करोड १४ लाख खुद नाफा कमाएको थियो ।

पुनर्बीमाबाट हुने कमिसन बढे पनि कर्जा लगानी तथा अन्य आयबाट हुने आम्दानी घट्दा कम्पनीको नाफामा गिरावट आएको हो । समीक्षा अवधिमा कम्पनीले पुनर्बीमा कमिसनबाट ३९ करोड ९७ लाख र कर्जा लगानी तथा अन्य आयबाट १४ करोड ३० लाख रुपैयाँ आम्दानी गरेको छ ।

समीक्षा अवधिमा कम्पनीको बीमा कोषको आकार १८.४४ प्रतिशतले बढेर १ अर्ब २२ करोड रुपैयाँ छ ।समीक्षा अवधिमा कम्पनीको खुद बीमा शुल्क आर्जन २५.८९ प्रतिशतले बढेर १ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा कम्पनीमा कुल १ अर्ब ८५ करोड दाबी भुक्तानी परेको छ भने सोमध्ये १ अर्ब ७५ करोड भुक्तानी गर्न बाँकी छ । गत वर्ष कम्पनीले कुल १ लाख ५६ हजार वटा नयाँ पोलिसी जारी गरेको छ ।

हाल १ अर्ब ३३ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा ४६ करोड ९५ लाख रुपैयाँ पुगेको छ । यस्तै, महाविपत्ति कोषमा ११ करोड ९४ लाख रुपैयाँ रहेको छ ।

समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ३०.१६ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २३६.०१ रुपैयाँ र मूल्य आम्दानी अनुपात २८.८४ प्रतिशत छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.