add

राजु भट्ट टान जर्नालिजम अवार्ड २०२२ बाट सम्मानित






ActPro Nepal

|

३० साउन, २०७९

|
426

काठमाण्डौं । न्युजलाईन्स नेपालका अध्यक्ष राजु भट्ट टान जर्नालिजम अवार्ड २०२२ बाट सम्मानित भएका छन् । 

विगत दुयृ दशक देखी पत्रकारिता क्षेत्रमा सकृय भट्टले पर्वतीय पर्यटन प्रबद्र्धनमा उल्लेख्य योगदान पुर्याउनु भएको मुल्यांकन सहित ट्रेकिङ एजेन्सीज एशोसियसन अफ नेपाल ९टान०ले आफ्नो ४२, ४३ र ४४ औं बार्षिक साधारणसभा माझ उनलाइ उक्त अवार्डबाट सम्मान गरेको हो ।  

भट्टलाई संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री जीवनराम श्रेष्ठ र टानका अध्यक्ष खुम बहादुर सुवेदीले संयुक्त रुपमा सम्मान गरेका हुन । 

टानले भट्टसँगै , टेलिभिजन कार्यक्रम संचालक सरोज ओझा, नेपाल टेलिभिजनका प्रदिप चापागाई, न्युज नेपाल नेटवर्कका संचालक सविन धमला, राससका संवाददाता अच्युत रेग्मी, अर्थ व्यापारका नविन काफ्ल, हिमालय टेलिभिजनका शंकर पंडित, मुनलाईट टेलिभिजनका कुमार चौलगाईं लगायतका पत्रकारलाई उक्त अवार्ड प्रदान गरेको छ । अवार्डसँगै उनिहरुलाई जनही चार हजार दुई सय पचास राशीको चेक हस्ताण्तरण गरिएको छ ।

कार्यक्रम माझ कान्छा पर्वतारोहीको किर्तिमान बनाएका स्वर्गिय शम्भु तामाङलाई ५० हजार राशीको डा। हर्क गुरुङ टान पुरस्कार अर्पण गरिएको थियो । उनकी धर्मपत्नी करुणा तामाङले उक्त पुरस्कार ग्रहण गरिन् । त्यसैगरि, सामाजिक सेवा अन्तर्गत थ्रि स्टारकी लक्की क्षेत्री कार्कीलाई पुरस्कृत गरिनुका साथै निमा डिकी लामा र फुुर्वा शेर्पालाई टान पासाङ ल्हामु अवार्डबाट विभुषित गरियो भने टान सम्बद्ध उत्कृष्ट ११ वटा  ट्रेकिङ एजेन्सीहरुलाई सम्मान गरिएको थियो ।

टान अध्यक्ष खुम बहादुर सुवेदीको सभापतित्व माझ होटल हयात रिजेन्सीको सभा हलमा आयोजित उक्त बार्षिक साधारणसभाको समुद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री जीवनराम श्रेष्ठले गरे । 

कार्यक्रमको उद्घाटन गदै मन्त्री श्रेष्ठले पर्यटन  र  ट्रेकिङ उद्योगसँग संबन्धित नीतिगत र कानुनसँग जोडिएर आउने विषयमा समय सापेक्ष परिमार्जन गर्ने प्रतिबद्धता व्यक्त गदै प्रदेश सरकारले बढाएको शुल्क संबन्धमा आगामी भाद्र ३ र ४ गतेलाई बैठक आव्हान गरि समस्या समाधानका लागि अघि बढेको जानकारी समेत दिए ।

सो अवसरमा सभापतिको आसनबाट बोल्दै टानका अध्यक्ष खुम बहादुर सुवेदीले बागमती प्रदेश सरकारले ल्याएको पर्यटन ऐनमा चुक्ता पुँजी २५ लाखबाट बढाई ५० लाख पुर्याईनु अनुपर्युक्त र स्वीकार्न नसकिने प्रकृतिको रहेको वताएदै संघिय मन्त्रालयले यसलाई परिमार्जन गर्न समन्वयकारी भूमिका निर्वाह गर्नुपर्ने खाँचो औल्याए । 

साथै, उनले गाउँपालिकाले पर्यटकबाट जबर्जस्ती शुल्क उठाउनु अनुचित रहेको, देशैभर टिम्स पूर्ण रुपमा कार्यान्वयन आउन नसक्नु दुखद रहेको,  ट्रेकिङको हकमा जटिल र अव्यवहारिक नीति लागु गरिएको, प्याकेज महंगो भएको लगायतका थुपै्र समस्याहरुले गर्दा ट्रेकिङ व्यवसाय संकटापन्न स्थितीमा रहेको उल्लेख गरे।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.