add

बहुआयामिक व्यक्तित्व दिव्यध्वज कार्की सम्मानीत






ActPro Nepal

|

२९ साउन, २०७९

|
814

काठमाण्डौं । माथिल्लो तामाकोशी जलविद्युत आयोजना जनसरोकार समितिका संयोजक  अध्यक्ष दिव्यध्वज कार्की “राष्ट्रिय अर्थिक बहुआयामिक व्यक्तित्व अवार्ड २०७९” बाट सम्मानित भएका छन् ।

आइतबार काठमाडौंमा आयोजित राष्ट्रिय आर्थिक मासिक पत्रिकाको १३ औँ बार्षिकोत्सबको अवसरमा पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलि, पूर्व अर्थमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रिय सदस्य रामशरण महत र पुर्वमन्त्री एवं नेकपा माओवादी केन्द्रका स्थायी समति सदस्य शक्ति बस्नेतले संयुक्त रुपमा  कार्कीलाई उक्त सम्मानले सम्मानित गरेका हुन् । 

माथिल्लो तामाकोशी जलविद्युत आयोजना जनसरोकार समितिका संयोजक – अध्यक्ष समेत रहेका कार्कीलाई आयोजनालाइ सार्थक परिणाममुखी बनाइ मातृभूमि र तिनका सन्ततीहरुलाइ पुर्याएको योगदानको उच्च मुल्याङ्कन गर्दै उक्त सम्मान गरेको राष्ट्रिय आर्थिक मासिक मिडियाले बताएको छ ।

कार्की यसअघि पनि थुप्रै विधाबाट सम्मानीत हुँदैे आएका छन् । उनी विभिन्न समाजिक गतिविधिहरुमा समेत क्रियाशील छन। आफ्नो कामको उच्च मुल्याङ्कन गरेर गरेको सम्मानप्रति खुशि व्यक्त गर्दैे आर्थिक मासिक मिडियालाई धन्यबाद दिनुका साथैे थप काम गर्न उर्जा, प्रेरणा र हौसला मिलेको कार्कीले बताएका छन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.