add

एन्फा कार्यसमिति बैठक आज, के छ एजेण्डा ?






ActPro Nepal

|

२६ साउन, २०७९

|
616

काठमाडौं  । अखिल नेपाल फुटबल संघ(एन्फा) को दोस्रो बैठक आज बस्दैछ। यसअघि साउन ५ गते बोलाइएको दोस्रो बैठक सुरुआतमै स्थगित भएपछि बैठक बिहीबार बस्न लागेको हो। यसअघि बोलाइएको बैठकमा तय गरिएको एजेन्डामै प्रवेश नगरीकन बैठक स्थगित भएको थियो।

पंक विक्रम नेम्बाङ अध्यक्ष चुनिएपछि एन्फाको पहिलो कार्यसमितिको बैठक विदेश विभाग प्रमुखमा नवीन पाण्डेलाई र महासचिवमा किरण राईलाई नियुक्त गरेको थियो। तर सो निर्णय नै विवादमा परेपछि दोस्रो बैठकमा विदेश विभाग प्रमुखको नियुक्तिको विषय पुनः छलफलमा ल्याइने भएको छ।

त्यस्तै, बिहीबारको बैठकमा मूख्य गरि महिला साफ च्याम्पियनसिपबारेमा छलफल हुने एन्फाले जनाएको छ। आगामी भदौ २५ गतेबाट दशरथ रंगशालामा महिला साफ च्याम्पियनसिप आयोजना हुँदैछ।

बैठकमा एन्फाले २२ एजेन्डामा छलफल गर्ने भएको छ। पहिले तय भएका १८ र पछि थपिएका चार गरी २२ एजेन्डामा छलफल हुन लागेको हो। एन्फाको बैठक बिहान १० बजे सुरु हुने एन्फाले जानकारी दिएको छ।

आजको बैठकमा तोकिएको पहिलो साफको एजेन्डा रहेको छ। त्यसमा उपसमिति गठन, स्थान र समय निर्धारण, प्रशिक्षक र मेनेजरको नियुक्ति, भेन्युमा खटिने कर्मचारी नियुक्तिका साथै बजार व्यवस्थापक र टिकट पाटनरबारे पनि बैठकमा छलफल हुने एन्फा जनाएको छ।

त्यस्तै, नेपाल सुपर लिग, सी डिभिजन छनोट, दैनिक फुटबल प्रशिक्षणका साथै यू २० र यू १७ को टिम सहभागिताबारे पनि एन्फाले बैठकमा छलफलका लागि एजेन्डा तय गरेको छ। नेपालको यू २० टिमले भारतको ओडिसामा प्रतियोगिता खेल्ने कार्यक्रम रहेको छ भने श्रीलंकामा नेपालको यू १७ ले साफ खेल्ने तय छ।

एएफसी एसियन कप यू २० को छनोट र एएफसी एसियाली यू १७ को छनोटबारे पनि बैठकमा बहस हुनेछन्। त्यसबाहेक, आर्थिक सहयोगको मापदण्ड निर्धारण, राष्ट्रिय टिमलाई चाहिने सामान खरिद, डलर खाता खोल्ने, पदाधिकारीको नियुक्तिलगायतको विषयमा छलफल हुने बैठकमा छलफलका लागि निर्धारण गरिएको एन्फाले जनाएको छ।

त्यस्तै पछि थप गरिएको एजेन्डाहरूमा सीईओको नियुक्ति, विशेष साधारण सभा, महिला लिगको दोस्रो चरणको खेलका साथै राष्ट्रिय लिगको विषय पनि बैठकमा छलफल हुनेछन्। त्यसबाहेक, ए बी सी डिभिजन लिगको खेलका साथै ललित स्मृति यू १८ को राष्ट्रिय प्रतियोगिताबारेमा पनि बैठकले निर्णय गर्नेछ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.