add

मुलुकभर १३ लाख ८९ हजार हेक्टर क्षेत्रफलमा रोपाइँ सकियो






ActPro Nepal

|

२५ साउन, २०७९

|
689

काठमाडौ । मुलुकभर ९२.४ प्रतिशत धान रोपाई भएको छ । 

कृषि तथा पशुपन्छी विकास मन्त्रालयकाअनुसार मंगलबार साँझसम्म  मुलुकभर  ९२.४  प्रतिशत भू-भागमा धान रोपाई भएको छ । 

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार यो वर्ष १३ लाख ८९ हजार ६९० हेक्टरमा धान रोपाइँ भएको हो ।

देशभर १५ लाख ४ हजार ४८६ हेक्टर क्षेत्रफलमा धान रोप्न योग्य जमिन रहेको मन्त्रालयका प्रवत्ता तथा सहसचिव प्रकाशकुमार सञ्जेलले बताए । गत वर्ष २०७८ मा १३ लाख ७१ हजार ७०६ हेक्टर क्षेत्रफल धान रोपाइँ गर्न योग्य भए पनि १३ लाख ११ हजार २९९ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको थियो ।

उनले यो वर्ष धान रोपाइँ गत वर्षको तुलनामा ३ प्रतिशतले घटेको बताए । ‘धान रोपाइँ यो वर्ष उपलब्धि जनक रहेको छ, गत वर्षको तुलनामा ३ प्रतिशतले मात्र कम धान रोपाइँ भए पनि साउन अन्तिमसम्म रोपाइँ गर्दा गत वर्षकोभन्दा केही वृद्धि हुने अनुमान गरेका छाैं,’ प्रवक्ता सञ्जेलले भने ।

प्रदेश १ मा चालु आवमा ९३ प्रतिशत धान रोपाइँ भएको छ । ३ लाख ४० हजार ८२९ हेक्टर धान रोप्न योग्य भए पनि ३ लाख १८ हजार ८२७ हेक्टरमा मात्र धान रोपाइँ भएको छ । गत वर्ष २ लाख ७५ हजार ९०१ हेक्टर क्षेत्रफल धान रोप्न योग्य भए पनि २ लाख ४५ हजार ३९१ हेक्टर जमिनमा धान रोपाइँ भएको थियो ।

मधेश प्रदेशमा यो वर्ष ८८.६ प्रतिशत धान रोपाइँ भएको छ । ४ लाख ५ हजार ४५० हेक्टर जमिन धान रोप्न योग्य भए पनि ३ लाख ५९ हजार ३९७ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको छ । गत वर्ष ३ लाख ६५ हजार ६१५ हेक्टर क्षेत्रफल धान रोप्न योग्य भए पनि ३ लाख ६२ हजार ३० हेक्टर जमिनमा धान रोपाइँ भएको थियो ।

बागमती प्रदेशमा ९२.९ प्रतिशत धान रोपाइँ भएको छ । १ लाख २० हजार ५६९ हेक्टर जमिन धान रोप्न योग्य भए पनि १ लाख ११ हजार ९८६ हेक्टरमा धान रोपाइँ भएको हो । गत वर्ष १ लाख १५ हजार २९१ हेक्टर क्षेत्रफल धान रोप्न योग्य भए पनि १ लाख २ हजार २७८ हेक्टर जमिनमा धान रोपाइँ भएको थियो ।

गण्डकी प्रद्येशमा ९६ प्रतिशत धान रोपाइँ भएको छ । १ लाख ३१० हेक्टर जमिन धान रोपाइँ योग्य भए पनि ९६ हजार ४२० हेक्टर जमिनमा मात्र धान रोपाइँ भएको छ । गत वर्ष ३ लाख ३ हजार ५९३ हेक्टर क्षेत्रफल धान रोप्न योग्य भए पनि २ लाख ९७ हजार १४ हेक्टर जमिनमा धान रोपाइँ भएको थियो ।

लुम्बिनी प्रदेशमा यो वर्ष ९० प्रतिशत क्षेत्रफलमा धान रोपाइँ भएको छ । ३ लाख २० हजार २७५ हेक्टर जमिन धान रोप्न योग्य भए पनि २ लाख ८८ हजार ८२७ हेक्टर जमिनमा धान रोपाइँ भएको छ । गत वर्ष ३८हजार ३८५ हेक्टर क्षेत्रफल धान रोप्न योग्य भए पनि ३७ हजार ८२० हेक्टर जमिनमा धान रोपाइँ भएको थियो ।

कर्णाली प्रदेशमा ९६ प्रतिशत धान रोपाइँ भएको छ । ३८ हजार ८८३ हेक्टर जमिन धान रोप्न योग्य भएता पनि ३७ हजार ५ सय हेक्टर जमिनमा मात्र धान रोपाइँ भएको छ ।

सुदूरपश्चिम प्रदेशमा ९९ प्रतिशत धान रोपाइँ भएको छ । १ लाख ७८ हजार १६७ हेक्टर जमिन धान रोप्न योग्य भए पनि १ लाख ७६ हजार ७३३ हेक्टर जमिनमा धान रोपाइँ भएको कृषि मन्त्रालयले जनाएको छ । गत वर्ष १ लाख ६४ हजार ६३९ हेक्टर क्षेत्रफल धान रोप्न योग्य भए पनि १ लाख ६१ हजार ३६९ हेक्टर जमिनमा धान रोपाइँ भएको थियो ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.