add

तीन सातामा ९५ अर्ब घट्यो निक्षेप, सीडी रेसियो ८७.६९ प्रतिशत






ActPro Nepal

|

२४ साउन, २०७९

|
742

काठमाडौं । पछिल्लो समय वाणिज्य बैंकहरुमा निक्षेप घट्ने क्रम जारी रहेको छ ।

असार मसान्तदेखि यता बैंकहरुको निक्षेप ९५ अर्ब रुपैयाँले घटेको छ । कर्जा लगानी ९ अर्बले घटेको छ ।

नेपाल बैंकर्स संघले उपलब्ध गराएको तथ्यांक अनुसार पछिल्लो एक सातामा बैंकहरूमा ४ अर्ब रुपैयाँ निक्षेप घट्दा कर्जा लगानी भने २ अर्ब रुपैयाँले बढेको हो ।

असार मसान्तसम्ममा वाणिज्य बैंकहरूमा ४५ खर्ब ४१ अर्ब रुपैयाँ निक्षेप रहेकोमा साउन मसान्तमा भने सो रकम घटेर हाल ४४ खर्ब ४६ अर्ब रुपैयाँ कायम भएको छ ।


नेपाल आयल निगमले आइओसीलाई तिर्न बैंकमा राखेको पैसा झिक्दा र निर्माण व्यवसायीहरुले राखेको रकम फिर्ता लैजाँदा बैंकबाट ठूलो मात्रमा निक्षेप घटेको बताइएको छ ।

त्यस्तै, पछिल्लो एक सातामा बैंकहरूले कर्जा लगानी २ अर्ब रुपैयाँले बढाएको देखिन्छ । साउन १३ गते ४१ खर्ब ६४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको बैंकहरूले साउन २० गतेसम्म सो रकम बढाएर ४१ खर्ब ६६ अर्ब रुपैयाँ पुर्याएको हो ।

यो रकम असार मसान्तको तुलनामा भने ९ अर्ब रुपैयाँले कम हो ।

असार मसान्तसम्ममा बैंकहरूले ४१ खर्ब ७५ अर्ब रुपैयाँ कर्जा लगानी गरेका थिए । साउन २० गतेसम्म बैंकहरूको निक्षेप–कर्जा अनुपात (सिडी रेसियो) ८७.६९ प्रतिशत रहेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.