add

कस्ता फलफूलको सेवनले तौल घटाउन मद्दत गर्छ?






ActPro Nepal

|

२० साउन, २०७९

|
714

काठमाडौं । गर्मीमा यस्ता धेरै फलफूल प्रशस्त मात्रामा पाइन्छ जसको सेवनले तपाईलाई धेरै प्रकारका स्वास्थ्य लाभहरु प्रदान गर्न सकिन्छ।

खासगरी यदि तपाई तौल घटाउने प्रयास गर्दै हुनुहुन्छ भने यो सिजनमा बजारमा पाइने धेरै फलफूल तपाईको लागि निकै फाइदाजनक हुनसक्छ।

तौल बढ्नाले मानिसमा मुटु रोग, मधुमेह र मेटाबोलिक डिसअर्डरको जोखिम बढ्छ। त्यसैले यसलाई नियन्त्रणमा राख्नु धेरै महत्त्वपूर्ण हुन्छ। गर्मी मौसमको फलफूलले तपाईलाई विशेष फाइदा पुर्याउन सक्छ। 

कस्ता फलफूलको सेवनले तौल घटाउन मद्दत गर्छ त?

आरु

आरुको उपभोग धेरै स्वास्थ्यको रुपमा वर्णन गरिएको छ। यसमा क्यालोरीको मात्रा कम हुन्छ जसका कारण यसको सेवनले तपाईलाई धेरै फाइदा दिनुका साथै तौल नियन्त्रण गर्न मद्दत गर्छ।

आरुमा पानी र फाइबर दुवै उच्च मात्रामा हुन्छ जसले यसलाई गर्मीको लागि अत्यन्तै लाभदायक मानिन्छ। यो तौल घटाउन निकै उपयोगी हुन्छ।

खरबुजा

गर्मीमा खरबुजा खानु स्वाद र स्वास्थ्य दुवै हिसाबले निकै फाइदाजनक हुन्छ। यसले शरीरलाई हाइड्रेटेड राख्छ र पानीको मात्रा बढाउन मद्दत गर्छ। यसमा ९० प्रतिशतभन्दा बढी पानी हुन्छ।

खरबुजामा फाइबर पनि प्रशस्त हुन्छ। जसले तपाईको पेटलाई लामो समयसम्म भरी राख्न मद्दत गर्छ जसले गर्दा धेरै खाने इच्छा कम हुन्छ।

यसका साथै रातो रंगको यो फलमा भिटामिन-सी, भिटामिन-ए, म्याग्नेसियम, पोटासियम र एन्टिअक्सिडेन्टहरु पनि पाइन्छ जसले शरीरलाई धेरै किसिमले फाइदा पुर्‍याउँछ।

काक्रा

यसमा पाइने पानीको मात्राले शरिरलाई डिहाइड्रेसन र गर्मीको असरबाट सुरक्षित राख्न मद्दत गर्छ।

हरियो फलफूलमा प्राकृतिक चिसो गुण हुने भएकाले गर्मीका दिनमा अझ बढी फाइदाजनक हुन्छ। काक्रामा ९५ प्रतिशत पानी हुन्छ र यसमा क्यालोरी पनि कम हुन्छ। 

किवी 

किवी फलहरु साना खैरो रङका हुन्छन् तिनीहरु लगभग हरेक मौसममा उपलब्ध हुन्छन्। किवी भिटामिन-सी, भिटामिन-ई, फोलेट र फाइबरको उत्कृष्ट स्रोत हो।

जसले तौल नियन्त्रणमा राख्न मद्दत गर्छ र तपाईंको प्रतिरोधात्मक शक्ति बढाउँछ। यसमा प्रशस्त मात्रामा फाइबर हुन्छ। फाइबरयुक्त फलफूल र तरकारीको सेवनले पेट भरिएको महसुस गर्न मद्दत गर्नुका साथै वजन नियन्त्रण गर्न मद्दत गर्दछ।   -अमरउजालाबाट


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.