add

यी हुन् पहिलो डेटमा जादाँ गर्नै नहुने ५ गल्ती






ActPro Nepal

|

१९ साउन, २०७९

|
735

काठमाडौं । आजकल प्रेममा नपर्ने कमै होलान् । अधिकाशं युवा माया प्रेममा परेका हुन्छन् । यस्तोमा आफ्नो प्रेमी वा प्रेमिकासँग डेटमा जानु नौलो रहेन ।

प्रेमी वा प्रेमीका आफ्नो माया पाउन मरिहत्ते गर्दछन् । आफ्नो पार्टनरलाई कसरी आर्कषित गर्ने भन्ने उनीहरूको ध्याउन्न हुन्छ । तर जान अन्जानमा भएका कतिपय व्यवहारले पार्टनरसँग मनमुटाव हुन सक्छ । स–साना कुरामा पनि रिझाउन सकिएन भने प्रेममा दुरी बढ्दछ । तसर्थ आफ्नो प्रेम टिकाइ राख्न केही कुरामा सजग हुन आवश्यक छ ।

प्रेमी वा प्रेमीकालाई आर्कषित गर्न सबैको चासो हुन्छ । तर आकर्षित गर्ने नाममा अपनाइएका केही उपाय कहिलेकाहिं फेल खान्छ । र पार्टनर तर्किने गर्दछन् । यदि कुरा पहिलो डेटको हो भने यसमा त झन् बढि सजग हुनु पर्दछ । पहिलो डेटमा जादाँ भुलेर पनि निम्न काम नगर्नुहोस् ।

क) ढिला पुग्ने

कुर्नु कसैलाई पनि मन पर्दैन । त्यसैले डेटमा जादाँ आफ्नो अभिमान देखाउन ढिला नपुग्नुहोस् । तर यसको मतलव समय भन्दा १ घण्टा अगावै पुग्नु पर्दछ भन्ने चाँहि होइन ।

ख) छोटो पहिरन लागाउने

कतिपय युवतीहरू आर्कषक देखिने नाममा वा प्रेमीलाई आर्कषित पार्न छोटो पहिरन लगाउने गर्दछन् । छोटो पहिरनले आर्कषक देखाउँछ भन्ने हुदैँन । त्यसैले आफू सुहाउँदो ठिक्क कपडा लगाएर जानु उपयुक्त हुन्छ ।

ग) धेरै मेकअप गर्ने

डेटमा जादाँ महिला वा पुरुष दुवैले धेरै मेकअप गर्नु हुदैँन । मेकअप केही घण्टामा बिस्तारै हराउँदै जान्छ । यस्तोमा धेरै मेकअप गरीएको छ भने झन् असुहाउँदिलो देखिन्छ । पुरुषले अनुहारको मेकअप नगर्दा पनि हुन्छ । महिलाले सामान्य मेकअप गर्दा नै उपयुक्त हुन्छ ।

घ) बनावटी वा बढि कुरा गर्ने

डेटमा जादाँ कतिपय स्वभावका कारण धेरै कुरा गर्दछन् । आफ्नो स्वभावका कारण डेटमा पनि उनीहरू बनावटी वा चाहिने भन्दा बढि कुरा गर्न पुग्छन् । तर यो राम्रो होइन ।

ङ) भोकै नबस्ने

डेटमा सकेसम्म भोकै नजानुहोस् । लामो समय खाली पेट बस्दा स्वास्थ्य बिग्रन सक्छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.