add

यू–२० साफ च्याम्पियनसिप फुटबलमा भारतसँग नेपालको लज्जास्पद हार






ActPro Nepal

|

१६ साउन, २०७९

|
627

काठमाडौँ । यू–२० साफ च्याम्पियनसिपमा नेपालले लज्जास्पद हार बेहोरोको छ। भारतको भूवनेश्वरमा आइतबार भएको खेलमा नेपाल भारतसँग ८–०को लज्जास्पद हार बेहोर्न बाध्य भएको हो।

नेपालले पहिलो हाफमा १ गोल खाएको थियो भने दोस्रो हाफमा ७ गोल खाएको थियो।

भारतका लागि टाइसन सिंहले ३२ मिनेटमा पहिलो गोल गरेका थिए। हिमांशुले ५०, ५२ र ७१ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे। उनले ७१ मिनेटमा पेनाल्टीमा गोल गरेका थिए।

यस्तै टाइसनले ६६ औं, टंकधरले ७८औं, गुरकिरत सिंहले ९०औं मिनेटमा गोल गर्दै भारतलाई ७–०को अग्रता दिलाएका थिए। त्यसपछि शुभो पलले इन्जुरी समयमा गोल गरेपछि भारतले ८–०को फराकिलो जित निकाल्यो।

जितसँगै भारतले ६ अंक जोडेको छ भने नेपालको पनि ६ अंक नै छ। लगातार तीन जित निकालेको बंगलादेशको ९ अंकसहित शीर्ष स्थानमा छ।

समूह चरणको अन्तिम खेलमा अब अब नेपालले बंगलादेश र भारतले माल्दिभ्ससँग खेल्नेछ। अब फाइनलमा पुग्ने अन्तिम खेलमा नेपालले बंगलादेशलाई हराउनै पर्ने हुन्छ।

यसअघि नेपालले पहिलो खेलमा माल्दिभ्स र दोस्रो खेलमा श्रीलंकालाई हराएको थियो। भारत भने पहिलो खेलमा बंगलादेशसँग पराजित भएको थियो। उसले दोस्रो खेलमा श्रीलंकालाई पराजित गरेको थियो।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.