add

देशभर ६० प्रतिशत रोपाइँ सम्पन्न






ActPro Nepal

|

२ साउन, २०७९

|
951

काठमाडौं । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले देशभर ६० प्रतिशत धान रोपाइँ सम्पन्न भएको जनाएको छ ।  गत वर्षको तुलनामा करिब ८ प्रतिशतको हाराहारीमा कम रोपाइँ भएको देखिएको छ ।

विशेषगरी प्रदेश नं १, मधेश प्रदेश र लुम्बिनी प्रदेशमा मनसुन सुरु हुन ढिला भएका कारण रोपाइँ कम भएको हो ।

यही साउन दोस्रो सातासम्म सामान्य हिसाबले ती प्रदेशमा रोपाइँ हुने मन्त्रालयले जनाएको छ ।

रोपाइँमा मलको अभाव भएकाले उत्पादनमा त्यसको केही असर पर्ने देखिएको छ । हालसम्म मन्त्रालयले विगत वर्षमा जस्तै लगभग शतप्रतिशत रोपाइँ हुने अनुमान गरेको छ ।

नेपालका रोपाइँ हुने जमिनमध्ये ५९ प्रतिशत खेत आकासे पानीको भरमा रोप्नुपर्ने अवस्था रहेको र अन्य ४१ प्रतिशतकोलाई सिंचाई सुविधा रहेको छ ।

अर्कोतर्फ अव्यवस्थित रूपमा खेतीयोग्य जमिन प्लटिङ हुनुले पनि खेतीयोग्य जमिन मासिँदै जान थालेको छ।

कृषकका समस्यामा भने अझै पनि सरकार गम्भीर छैन । भारतलगायत तेस्रो मुलुकहरूबाट बर्सेनि अर्बौं रुपैयाँको चामल आयात हुने गरेको छ ।

एकातर्फ सिंचाई सुविधा नहुँदा कृषकले आकासे पानीकै भरमा रोपाइँ गर्नुपर्छ, अर्कोतर्फ रोपाईकै मुखमा मल नपाएर कृषक आत्तिनु पर्ने अवस्था रहने गरेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.