add

बिमा कम्पनीमा मर्जरको लहर,हिमालयन एभरेष्टको एकिकृत कारोबार सुरु






ActPro Nepal

|

१ साउन, २०७९

|
925

काठमाडौं  ।  बीमा समितिले पूँजी बढाउन निर्देशन दिएपछि बीमा कम्पनीहरु धमाधम मर्जरमा जान थालेका छन् । समितिले हकप्रद रोकेर मर्जरबाटै पूँजी बढाउन दबाब दिएपछि बीमा कम्पनीहरु धमाधम मर्जरमा जान थालेका हुन् । 

बीमा समितिले पुँजी वृद्धिको योजना ल्याएर असार मसान्तभित्र मर्जरमा जाने कम्पनीलाई कर छुटको घोषणा गरेसँगै असारमा १९ कम्पनीहरूले मर्जर सम्झौता गरे ।

पुनर्बीमा कम्पनी बाहेक ३९ वटा बीमा कम्पनीहरुमध्ये १९ वटा कम्पनी मर्जरमा जाने भएका छन् ।

असार महिनामा निर्जीवन बीमाका १० वटा र जीवन बीमाका ९ वटा कम्पनीले मर्जरमा जान प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरिसकेका छन् ।

मर्जरमा जान समझदारी गरेकामा निर्जीवन कम्पनीहरुमा हिमालयन जनरल–एभरेष्ट, सगरमाथा–लुम्बिनी जनरल, सानिमा जनरल–जनरल इन्स्योरेन्स र प्रिमियर–सिद्धार्थ इन्सोरेन्सबीच मर्जर सम्झौता भइसकेको छ ।

यस्तै, जीबन बीमा कम्पनीतर्फ प्राइम–गुराँस–युनियन लाइफ इन्स्योरेन्स, सूर्या–ज्योति लाइफ इन्स्योरेन्स, रिलायन्स–सानिमा लाइफ इन्स्योरेन्स र प्रभु–महालक्ष्मीले पनि मर्जर सम्झौता गरिसकेका छन् ।

समितिले गत चैत १० गते निर्जीवन बीमा कम्पनीहरूको न्यूनतम चुक्ता पुँजी साढे २ अर्ब रूपैयाँ र जीवन बीमा कम्पनीको पुँजी ५ अर्ब रूपैयाँ पुर्याउन निर्देशन दिएको थियो । समितिको नयाँ व्यवस्था अनुसार बीमा कम्पनीहरूले २०७९ चैत मसान्तसम्ममा तोकिएको चुक्ता पुँजी कायम गर्नुपर्नेछ ।

तोकिएको समयमा निर्धारित पुँजी पुर्याउन नसके कम्पनीहरूले ‘बीमक गाभ्ने, गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी निर्देशिका, २०७६’ बमोजिम हुनेगरी पुँजी कायम गर्नुपर्ने समितिको भनाइ छ ।

समितिले बीमा कम्पनीहरूलाई हकप्रद निष्कासन गर्न बन्देज गरेको छ । हकप्रद सेयर निष्कासन गर्न बन्देज गरेका कारण कम्पनीहरूलाई बोनस सेयरबाट मात्रै पुँजी बढाउन कठिन छ ।

हिमालयन एभरेष्ट इन्स्योरेन्सको एकीकृत कारोबार सुरू

हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स बीच मर्जर प्रक्रिया पूरा भई एकीकृत कारोबार सुरू भएको छ ।

गत वैशाख २३ गते एक आपसमा मर्जर सम्झौता गरेका कम्पनीले आइतबारदेखि हिमालयन एभरेष्ट इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार सुरू भएको हो ।

एकीकृत कारोबार सुरु गरेको कम्पनीको केन्द्रीय कार्यालय बबरमहलस्थित साविकको हिमालयन जनरल इन्स्योरेन्समा रहनेछ । हिमालयन एभरेष्टको अध्यक्षको जिम्मेवारी हिमालयन जनरलका अध्यक्ष महेन्द्रकृष्ण श्रेष्ठ बनेका छन् भने सञ्चालक समितिमा दुवै संस्थाबाट ३/३ जनाको प्रतिनिधित्व रहेको छ ।

नयाँ कम्पनीको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी हिमालयनकै विजय बहादुर शाहलाई र वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी एभरेष्टका प्रमुख कार्यकारी अधिकृत कमल गौतमलाई दिइएको छ ।

मर्जरसँगै नयाँ कम्पनीको कुल शाखा संख्या ७५ पुगेको छ । दुई कम्पनी १००ः८० सेयर अनुपातमा मर्जर भएका हुन् ।एकीकृत कम्पनीको चुक्ता पूँजी २ अर्ब २३ करोड ९९ लाख रुपैयाँ पुगेको छ । मर्जरअघि हिमालयनको चुक्ता पूँजी १ अर्ब १७ करोड ३५ लाख र एभरेष्टको १ अर्ब २५ करोड ४६ लाख रुपैंया थियो ।

बीमा समितिले तोकेको न्यूनतम २ अर्ब ५० करोड चुक्ता पूँजी कायम गर्न अब २६ करोड रुपैयाँ नपुग हुन्छ । सो रकम कम्पनीले लाभांशबाट पुर्याउन सक्ने क्षमता राख्दछ ।

दुई कम्पनी बीच २०७९ वैशाख २३ गते एक आपसमा मर्जमा जाने प्रारम्भिक सम्झौता भएको थियो भने असार २ गते सम्पन्न दुवै कम्पनीको विशेष साधारण सभाले मर्जरमा जाने प्रस्ताव पारित गरेको थियो ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.