add

प्रभु लाईफ र महालक्ष्मी लाईफबिच मर्जर सम्झौता






ActPro Nepal

|

३० असार, २०७९

|
720

काठमाडौं । प्रभु लाईफ इन्स्योरेन्स लिमिटेड र महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेड बीच मर्जर सम्झाैता भएकाे छ ।

बिहिबार होटल एलफ्ट ठमेलमा दुबै बीमकका अध्यक्षद्वारा मर्जर सम्झाैता पत्रमा हस्ताक्षर भएको हाे ।

सम्झौता अनुसार दुवै कम्पनीको शेयर स्वाप रेसियो १:१ अनुपातमा रहने छ भने मर्जर पछि बन्ने बीमकको नाम प्रभु महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेड रहनेछ ।

मर्जर पछि सञ्चालक समितिमा प्रमु लाईफका अध्यक्ष सुभाष अमात्य र प्रमुख कार्यकारी अधिकृतमा महालक्ष्मी लाईफका रमेश कुमार भट्टराई रहने तय भएको छ ।

दुबै बीमकका सञ्चालक समितिका सदस्यहरु तथा प्रमुख कार्यकारी अधिकृतहरुको उपस्थितिमा उक्त सम्झौता सम्पन्न भएको छ।

सम्झाैतामा प्रभु लाईफका तर्फबाट अध्यक्ष सुभाष अमात्य र महालक्ष्मी लाईफका तर्फबाट मनाेरञ्जन रमण शर्माले हस्ताक्षर गरेका थिए ।

बीमा समितिले गत चैतमा जीवन र निर्जिवन बीमा कम्पनीको चुक्ता पूँजी साढे दुईगुणाले वृद्धि गर्ने निर्णय गरेसँगै ताेकिएकाे पूँजी पुर्याउन मर्जरकाे दबाबमा बीमा कम्पनीहरू छन् ।

जसकाे कारण धमाधम कम्पनीहरू मर्जर सम्झौताका लागि पार्टनर खाेजिरहेका छन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.