add

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बस्दै






ActPro Nepal

|

११ असार, २०७९

|
606

काठमाडौं । मन्त्री हेरफेर लगायतका विषयमा छलफल गर्न नेकपा (एकीकृत समाजवाद)को केन्द्रीय कमिटी बैठक बस्न लागेको छ।

काठमाडौंको बबरमहलस्थित कार्की पार्टी ब्यांकेटमा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बस्न लागेको हो। आज बिहान ११ बजे बैठक बोलाइएको एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडाले बताए।

गत दुई दिन एकीकृत समाजवादीको पोलिट ब्यूरो बैठक बसेको थियो। बैठकले मन्त्री हेरफेर लगायत केन्द्रीय कमिटी बैठकका लागि अजेन्डा तय गरेको थियो।

आजको बैठकमा मन्त्री फेरबदलको विषयमा पनि छलफल हुने जनाइएको छ। यससँगै स्थानीय चुनावको समीक्षा, आगामी संघ र प्रदेशको चुनावको तयारीका विषयमा छलफल हुने उपमहासचिव खतिवडाले बताए।

एकीकृत समाजवादीले चार जना मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरिसकेको छ। त्यसको कार्यान्वयनका लागि अध्यक्ष माधवकुमार नेपालले मन्त्रीहरुलाई आग्रह गरेका थिए।

मन्त्रीहरुले भने पार्टीले फिर्ता बोलाउने निर्णयको विरोध गरेका छन्। उनीहरुले शुक्रबार अध्यक्ष नेपाललाई पत्र समेत पठाएका थिए।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.