add

ऋणपत्र निष्कासन गर्दै ‘निफ्रा’, सेबोनमा बोर्डमा दियो निवेदन






ActPro Nepal

|

१० असार, २०७९

|
591

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले उर्जा ऋणपत्र निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन पेश गरेको छ ।

बैंकले रू.५ अर्ब बराबरको ५० लाख कित्ता ऋणपत्र निष्कासन गर्नका लागि सेबोनमा असार १ गते निवेदन दिएको हो ।

कुल ५० लाख कित्ता ऋणपत्र मध्ये बैंकले २० लाख कित्ता ऋणपत्र सर्वसाधारणको लागि र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई ३० लाख कित्ता बिक्री गर्नेछ ।

बैंकले ७ वर्ष अवधि भएको वार्षिक ७ प्रतिशत व्याज भएको ‘७ वर्ष, ७% निफ्रा उर्जा ऋणपत्र, २०८५/८६’ नाममा ऋणपत्र निष्कासन गर्न लागेको हो ।

त्यसैगरी, बैंकको उक्त ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआइबिएल एस क्यापिटल लिमिटेडले गर्नेछ ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.