add

दोहोरो अंकले बढ्यो नेप्से,परिसुचक १८६२ अंक पुग्दा १ अर्ब १५ करोड करोडको कारोबार






ActPro Nepal

|

१० असार, २०७९

|
471

काठमाडौं। शेयर बजार दोहोरो अंकले बढेको छ । केही दिनदेखि ओरालो लागेको बजारमा साताको कारोबारको अन्तिम दिन दोहोरो अंकको सुधार आएको हो ।

शुक्रवार बजार मापक सूचक नेप्से १३.७८ अंकले बढेर १८६२.६ विन्दुमा पुगेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज २२३ कम्पनीको १ अर्ब १५ करोड १२ लाख ८ हजार ३१ रुपैयाँ बराबरको ३५ लाख ४१ हजार ५३७ कित्ता शेयर किनबेच भएका छन् ।

कारोबारमा आएका १२ वटा समूहको परिसूचकमा हरियाली छाएको छ । भने एक वटाको घटेको छ ।

यसमध्ये पनि एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज न्यादी हाइड्रोपावर लिमिटेडको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता २७२.९० रुपैयाँ पुगेको छ ।

नेप्सेका अनुसार केहि दिनदेखि लगातार उच्च अंकको वृद्धि भएको आँधिखोला लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य आज भने घटेको छ ।

यसको शेयरमूल्य ७ प्रतिशत भन्दा बढीले घटेको हो । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी कुमारी बैंक लिमिटेडको भएको छ । यस कम्पनीको आज ८ करोड ६३ लाख भन्दा बढीको कारोबार भएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.