add

प्रदेश १ की एमाले सांसद गुलेफुन खातुन पदमुक्त






ActPro Nepal

|

९ असार, २०७९

|
707

काठमाडौं ।  प्रदेश १ कि प्रदेश सभा सदस्य गुलेफुन खातुन पदमुक्त भएकी छिन्। सरकारी छाप र दस्तखत किर्ते मुद्दामा उनी दोषी ठहर भएपछि उनको सांसद पद गुमेको हो।

जिल्ला अदालत मोरङ र उच्च अदालत विराटनगरले उनलाई यसअघि नै दोषी ठहर गरेको थियो। उनले मुद्दा दोहोर्‍याउन सर्वोच्च अदालतमा दिएको निवेदन खारेज गरी सर्वोच्चले जिल्ला र उच्च अदालतकै निर्णय सदर गरिदिएको छ।

जेठ २५ गते नै सर्वोच्चका न्यायाधीश सुष्मालता माथेमा र नहकुल सुवेदीको इजलासले उनको निवेदन दोहोर्‍याउन अनुमति नहुने आदेश दिएको बताइएको छ। माग बमोजिम दावी नपुग्ने भन्दै अदालतले जिल्ला र उच्चकै निर्णय सदर गरिदिएको हो।

खातुनले कर्मचारीको मिलेमतोमा एउटै दर्ता नम्बरमा दुई वटा सिफारिस निकालेर मोहीबाट प्राप्त हुने जग्गा एकलौटी बनाउन गाविस सचिवको दस्तखत समेत नक्कली बनाएकी थिइन्। त्यसपछि उनीविरुद्ध सरकारी छाप र दस्तखत किर्ते मुद्दा परेको थियो।

त्यसपछि खातुन र उनका श्रीमान् शेख सिलावर मियाँ २५ दिन प्रहरी हिरासतमा समेत बसेका थिए।

प्रदेश सभा सदस्य निर्वाचन ऐन अनुसार नैतिक पतन देखिने र फौजदारी कसूरमा सजाय पाएको व्यक्ति अयोग्य हुने प्रावधान छ। त्यसैले सर्वोच्चको फैसलासँगै खातुन स्वतः पदमुक्त भएकी हुन्।

खातुन एमालेबाट समानुपातिकमा प्रदेश सांसद भएकी हुन्।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.