add

शेयर बजारको ओरालो यात्रा कायमै, कारोबार रकममा भारी गिरावट






ActPro Nepal

|

८ असार, २०७९

|
466

काठमाडौं । मंगलबार ३९.९३ अंकले बढेको सेयर बजारमा बुधबार पुन: गिरावट देखिएको छ। थामिने आधार नभेटिएर गतिहीन बनेको बजारमा मंगलबार देखिएको वृद्धि निरन्तर रहन सकेन।

बुधबार ३१.२१ अंकले घटेर बजार १८९३.५३ बिन्दुमा झरेको छ। बुधबार ८४ करोड ३७ लाख रुपैयाँको मात्र कारोबार भएको छ। 

मंगलबार बढेको बजारले सकारात्मक बाटोको संकेत गर्न सकेन। यसैले थामिने बिन्दु नभेटिएको बजार अझै चलखेलमा नै रहेको देखिएको विश्लेषकहरू बताउँछन्। साना लगानीकर्ता अतालिएको बजारमा केही ठूला लगानीकर्ताले बेलाबेला चलखेल गरिरहेको विश्लेषकहरूले बताउँदै आइरहेका छन्।

उच्च अंकबाट लगातार घटिरहेको सेयर बजार सोमबार अघिल्लो बुलको उच्च बिन्दु १८८१ नजिक पुगेको छ। २०७३ को बुलमा उच्च बिन्दु १८८१ सम्म पुगेको थियो। पछि घटेर १२०० को बिन्दुमा पुगेको नेप्से गतवर्ष ३१९९ को बिन्दुमा पुगेको थियो।

यो साता पहिलो कारोबारमा आइतबार ३७.२७ अंकले घटेर बजार १९३४.११ बिन्दुमा झरेको थियो। सोमबार ४९.३१ अंकले घटेर सेयर बजार १८८४.८१ बिन्दुमा झरेको थियो। 

पछिल्लो समय संगठित लगानीकर्ताहरूको निरन्तरको दबाबका बीच सेयर बजारको अवस्थाबारे सं‌सदमा समेत बारम्बार कुरा उठिरहेको छ। अनसन बस्नेदेखि अन्य आन्दोलनका कार्यक्रमसमेत भइरहेका छन्। तर विश्लेषकहरूका अनुसार बजारको अवस्था अनसन र आन्दोलनले भन्दा पनि अन्य गतिविधि र नियामकीय नीतिमा निर्भर हुने गर्दछ। 

पुँजी बजारको नियामक निकायले ध्यान नदिँदा र नीतिगत कुरामा बजारलाई नियन्त्रण गर्न खोज्दा बजार घट्न पुगेको विश्लेषण पनि भइरहेका छन्। सेयर बजार २०७८ भदौ २ गते अहिलेसम्मकै उच्च बिन्दु ३ हजार १ सय ९९ मा पुगेको थियो। 



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.