add

धितोपत्र बजारमा लगानीको नयाँ अवसर, २५ कम्पनीको साढे ५ अर्ब बढीको आइपिओ आउँदै(सूचीसहित)






ActPro Nepal

|

६ असार, २०७९

|
854

काठमाडौँ । धितोपत्र बजारमा लगानी गर्न चाहनेलाई नयाँ अवसर जुट्ने भएको छ। 

पूँजी बजारमा  २५ ओटा कम्पनीको  ४ करोड ६३ लाख ७४ हजार ९५४ कित्ता आइपिओ आउने तयारीमा रहेको छ । 

नेपाल धितोपत्र बोर्ड (सेवन)का अनुसार यी कम्पनीहरूको ५ अर्ब १६ करोड ३२ लाख ४५ हजार ४०० रुपैयाँ रुपैयाँ बराबरको आइपिओ आउने भएको हो ।

सेयर निष्कासन अनुमतिका लागि ती कम्पनीले नियामक निकाय धितोपत्र बोर्ड (सेवन)मा आवेदन दिइसकेका छन् । सेवनमा निवेदन दिने कम्पनीहरूमा १३ वटा हाइड्रोपावर सेक्टर, बीमा र होटल २/२, माइक्रोफाइनान्स ५, इन्भेष्टमेन्ट १ र अन्यमा २ कम्पनी पाइपलाइनमा रहेका छन् । 

आइपिओ निष्कासनको पाइपलाइनमा रहेका बीमा कम्पनीः 

प्राथमिक निष्काशनका लागि नियामक धितोपत्र बोर्डमा विभिन्न कम्पनीहरूले आवेदन दिएका छन । बोर्डले आवेदन स्वीकृत गरेर अनुमति दिएपछि कम्पनीहरूले आइपीओ निष्काशन गर्छन ।

नेपाल धितोपत्र बोर्डका अनुसार हाल २५ कम्पनीको ५ अर्ब रुपैयाँ बढीको आइपीओ पाइपलाइनमा छ । ती कम्पनीले ५ अर्ब १६ करोड ३२ लाख ४५ हजार ४०० रुपैयाँ बराबरको ४ करोड ६३ लाख ७४ हजार ९५४ कित्ता सेयर निष्काशनका लागि बोर्डमा आवेदन दिएका हुन । आवेदन दिएका अधिकांश कम्पनीहरू हाइड्रोपावर क्षेत्रका छन ।

बोर्डमा आवेदन दिएका २५ मध्ये १६ कम्पनीको आइपीओ प्रक्रिया प्रारम्भिक समीक्षाको चरणमा रहेको बोर्डले जनाएको छ । यस्तै, ६ कम्पनीको बोर्डले समीक्षा गरेर टिप्पणी पठाएको छ भने ३ कम्पनी स्वीकृतिको अन्तिम चरणमा रहेका छन् ।

आइपीओ निष्काशनको पाइपलाइनमा रहेका कम्पनीमध्ये १३ वटा हाइड्रोपावर सेक्टर, बीमा र होटल २/२, माइक्रोफाइनान्स ५, इन्भेष्टमेन्ट १ र अन्यमा २ कम्पनी रहेको बोर्डले जनाएको छ ।

कुन कम्पनीले कत्तिको आइपीओ आउँदै ?

पहिलो चरणको अध्ययनमा रहेका १६ कम्पनी मध्ये रिलायबल लाइृफ इन्स्योरेन्स कम्पनीले ६० लाख कित्ता आइपीओ निष्काशन गर्न बोर्डमा प्रस्ताव गरेको छ । कम्पनीले ११२ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता २१२ रुपैयाँमा कुल १ अर्ब ७ करोड रुपैयाँको आइपीओ जारी गर्ने भएको हो ।कुथेली बुखारी सानो जलविद्युत् लिमिटेडले २ करोड ४३ लाख रुपैयाँ बराबरको २ लाख ४३ हजार कित्ता आइपीओ निष्काशन गर्न आवेदन दिएको छ ।

एसियन हाइड्रोपावर ११ करोड ८० लाख रुपैयाँ बराबरको ११ लाख ८० हजार कित्ता, मुक्तिनाथ कृषि कम्पनी ४ करोड बराबरको ४ लाख कित्ता, कालिन्चोक दर्शन लिमिटेड १२ करोड बराबरको १२ लाख कित्ता, बाराही हाइड्रोपावर पब्लिक लिमिटेड ७ करोडको ७ लाख कित्ता,आत्मनिर्भर लघुवित्त बित्तीय संस्था २ करोड रुपैयाँ बराबरको २ लाख कित्ता आइपीओ निष्काशन गर्ने भएको छ ।

त्यस्तै, ह्याथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले १४ करोड ६२ लाख बराबरको २९ लाख २५ कित्ता, सिटि होटल १६ करोड ७४ लाख रुपैयाँ बराबरको १६ लाख ७४ हजार कित्ता, अभियान लघुवित्त वित्तीय संस्थाले ९ करोड ७५ लाख बराबरको ९ लाख ७५ हजार कित्ता,खप्तड लघुवित्त वित्तीय संस्थाले १ करोड ३२ लाख रुपैयाँ बराबर १ लाख ३२ हजार कित्ता, सृर्जनशिल लघुवित्त वित्तीय संस्था ३ करोड ९३ लाख बराबर ३ लाख ९३ हजार कित्ता आइपीओ जाररी गर्नेछन् ।

त्यसैगरी, पिपुल्स हाइड्रोपावर कम्पनीले ८० करोडको ८० लाख कित्ता, माया खोला हाइड्रोपावरले ३४ करोड बराबरको ३४ लाख कित्ता, भूगोल उर्जा विकास कम्पनीले १६ करोड ३२ लाखको १६ लाख ३२ हजार र मकर जितुमाया हाइड्रोपावरले २२ करोड ८० लाख रुपैयाँ बराबरको २२ लाख ८० हजार कित्ता आइपीओ जारी गर्न आवेदन दिएको बोर्डले जनाएको छ ।

त्यसैगरी, दिशा मिडिया नेटवर्कले २३ करोड ८५ लाखको २३ लाख ८५ हजार, आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले ६० करोडको ६ लाख, मोलुङ हाइड्रोपावर कम्पनीले ३५ करोड ३१ लाखको ३५ लाख ३१ हजार,धौलागिरी लघुवत्त वित्तीय संस्थाले ३ करोड ३१ लाखको ३ लाख ३१ हजार कित्ता, थ्रिस्टा हाइड्रोपावरले १२ करोड ३१ लाखको १२ लाख ३१ हजार कित्ता, इष्टर्न हाइड्रोपावर कम्पनीले १२ करोड ४० लाखको १२ लाख ४० हजार कित्ता आइपीओ जारी गर्न गरेको प्रस्ताव बोर्डले रिभ्यू गरिरहेको छ ।

बोर्डका अनुसार सिक्लेस हाइड्रोपावर लिमिटेडले २० करोड रुपैयाँ बराबरको २ लाख कित्ता सेयर, सुपरमाई हाइड्रोपावरले १० करोडको १० लाख कित्ता र सान्जेन जलविद्युत् कम्पनी लिमिटेडले ३६ करोड ५० लाख रुपैयाँ बराबरको ३६ लाख ५० हजार कित्ता आइपीओ निष्काशनका लागि बोर्ड अनुमति दिने तयारीमा छ ।




एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.