add

पर्यटनमन्त्री प्रेम आलेले नेवानिका अध्यक्षलाई हात हालेपछि...






ActPro Nepal

|

३ असार, २०७९

|
1438

काठमाडौं । पर्यटनमन्त्री प्रेम आलेले नेपाल एयरलायन्स (एनएसी) का अध्यक्ष युवराज अधिकारीलाई आफ्नो कार्यकक्षमा बोलाएर हातपात गरेका छन् ।

अधिकारीलाई आफ्नै कार्यकक्षमा बोलाएर पर्यटनमन्त्री आलेले अश्लील गालीगलौज गर्दै हातपात गरेका हुन्।

फोहोरी गाली गर्दै धकेल्न थालेपछि त्यहाँ रहेको तेस्रा व्यक्तिले रोकेको अन्नपूर्ण पोस्ट् दैनिकमा खबर छ ।

पर्यटन मन्त्रालय उच्च स्रोतका अनुसार मन्त्री आलेले नेपाल एयरलाइन्समा ठूलो मात्रामा मान्छे राख्न अह्राएका थिए । अध्यक्ष अधिकारीले केहीलाई जागिर लगाइसकेका थिए । केहीलाई लगाउने प्रक्रियामा थिए ।

मन्त्री निरन्तर ताकेतामा मात्र थिएनन्, तुरुन्त राखी दिन धम्क्याउँदै आएका थिए । स्रोत भन्छ– अधिकारीले तलबाट दरबन्दी बनाउन टिप्पणी आउन बाँकी रहेको कारण देखाएका थिए ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.