add

शेयर बजारमा पहिरो,परिसुचक १९९६ अंक पुग्दा १ अर्ब १८ करोडको कारोबार






ActPro Nepal

|

३१ जेठ, २०७९

|
482

काठमाडौं । सेयर बजारमा पहिरो गएको छ । गत बिहीबारदेखि लगातार ओरालो लागेको नेप्सेमा आज उच्च अंकले घट्दै २००० विन्दु तल झरेको छ । पछिल्लो डेढ वर्ष यताकै न्यून विन्दु हो ।

गत भदौमा सर्वाधिक ३१९९ विन्दु चुमेर ओरालो लागेको नेप्सले अझै लय समात्न सकेको छैन । पछिल्लो ८ महिनाको अवधिमा नेप्से परसूचक १२०० अंकले घटिसकेको छ ।

मंगलबार नेप्से ३६.०७ अंकले घटेर १९९६.२६ विन्दुमा आइपुगेको छ । यसदिन २३२ कम्पनीको १ अर्ब १८ करोड ५५ लाख ४६ हजार १७९ रुपैयाँ बराबरको ४१ लाख ४७ हजार २५५ कित्ता सेयर किनबेच भएको छ ।

आज कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचक राताम्मे भएको छ । अन्य उपसमूह सबैभन्दा धेरै ३.४४ प्रतिशतले घटेको छ भने व्यापार समूह ३.१३ प्रतिशतले घटेको छ ।

आज शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । यसको साढे ४ करोड रुपैयाँ बढीकोे सेयर किनबेच भएको छ । त्यसैगरी, एनसीसी बैंक पौन् ४ ४ करोड र नेपाल लाइफ इन्स्योरेन्स ३ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

उच्च अंकले घटेको बजारमा आज हिमालयन पावर पार्टनरको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले करिब १० प्रतिशत गुमाएका छन् ।

त्यसैगरी, बलेफी हाइड्रोपावर ८.१५, सगरमाथा इन्स्योरेन्स ६.१५, ग्रीन भेन्चर्स ६.४५, गणपति लघुवित्त ६.२४, शिखर इन्स्योरेन्स, प्रोग्रेसिभ फाइनान्स, युनाइटेड इन्स्योरेन्स, मल्टिपर्पस फाइनान्स, उपकार लघुवित्त र किसान लघुवित्तको सेयर मूल्य ५ प्रतिशतभन्दा धेरैले घटेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.