add

सशस्त्र द्वन्द्वको परिवेशमा आधारित चलचित्र ‘दोख’ को टिजर सार्वजनिक






ActPro Nepal

|

२२ जेठ, २०७९

|
763

काठमाडौं । चलचित्र ‘दोख’को टिजर सार्वजनिक भएको छ । द्वन्द्वकालमा सामुदायिक वनको मुद्दालाई लिएर दुई गाउँको किचलोको कथा समेटिएको चलचित्रको टिजर आइतबार युट्युबमार्फत सार्वजनिक भएको हो ।

सशस्त्र द्वन्द्वको परिवेशमा आधारित चलचित्रलाई राजन कठेतले लेखेका हुन् ।

फिल्ममा प्रस्तुत छ । चलचित्रमा दीया मास्के, मनिष निरौला, लोकमणि सापकोटा, माओत्से गुरुङ, रोयदीप श्रेष्ठ, कमल देवकोटा लगायतको अभिनय छ ।

चलचित्रले सामुदायिक वनको स्वामित्वलाई लिएर गाउँ विभाजित हुन्छ र उनीहरूले त्यसको विरासत हत्याउन खेलको माध्यमलाई देखाइएको छ ।

शैलेन्द्र कार्कीको छायांकन रहेको चलचित्रलाई निमेष श्रेष्ठले सम्पादन गरेका हुन् । चलचित्रको निर्माता सविन ज्ञवाली र मनोज अधिकारी हुन् भने कार्यकारी निर्मातामा भीम न्यौपाने, ओम गुरुङ र रञ्जु वाग्ले थापा छन् ।

चलचित्र काठमाडौंमा जिजिए ग्रुप र काठमाडौं बाहिर एफडि कम्पनीले वितरण गर्नेछन्। यो फिल्म असार २४ गतेबाट प्रदर्शन हुँदैछ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.