add

तारा एयरको जहाज दुर्घटनापछि हवाइ उडानका नियममा परिवर्तन, के-के भयो निर्णय ?






ActPro Nepal

|

१८ जेठ, २०७९

|
527

काठमाडौं ।  तारा एयरको जहाज दुर्घटनापछि नेपाल नागरिक उड्डयन प्राधिकरण आन्तरिक उडानका लागि नयाँ नियम जारी गरेको छ । (क्यान)ले मंगलवार एक सूचना जारी गर्दै हवाइ उडानका नियमहरु सार्वजनिक गरेको हो ।

जसमा मौसम सफा नभई अनुमति नदिने निर्णय गरेको छ ।

तारा एयरको विमान दुर्घटना भएसँगै हवाई दुर्घटनाको जोखिम न्यूनीकरणका लागि प्राधिकरणले इन रुट (विमान उड्ने र पुग्ने स्थान उडान मार्गको मौसम) अनुकूल नभएसम्म उडान अनुमति नदिने निर्णय गरेको हो ।

मौसम खराबीले तारा एयरको ट्वीनअटर विमान दुर्घटनामा परेको प्राधिकरणले प्रारम्भिक निष्कर्ष निकालेको थियो । यस्तो निर्णय भिएफआर (भिजुअल फ्लाइट रुल्स) बाट उडान गर्ने विमान र विमानस्थलका लागि मात्रै लागू हुनेछ ।

त्यस्तै वायुसेवा कम्पनीहरुले सम्बन्धित एकाइमा पेश गर्दा गन्तब्यको मौसमका जानाकारी मौसम विभागवाट संकलन गरि अनिवार्य पेश गर्नु पर्ने छ । उक्त विवरण अनुसार मौसमी अवस्था अनुकुल भएमा मात्र स्वीकृत दिनेछ ।

पहिले विमान उड्ने विमानस्थल र विमान पुग्ने विमानस्थलको मौसम सफा भएमा प्राधिकरणले उडान अनुमति दिने गरेकोमा अब इनरुट मौसम पनि सफा हुनुपर्ने निर्णय गरिएको र यसले यसले हवाई दुर्घटना कम गर्न मद्दत गर्ने विश्वास लिइएको छ ।

प्राधिकरणका अनुसार इनरुटको मौसम कस्तो छ भन्ने विवरण भने जल तथा मौसम विज्ञान विभागको तथ्याङ्कलाई आधार मानिनेछ।

के-के भयो निर्णय ?



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.