add

शेयर बजारको ओरालो यात्रा कायमै, १ अर्ब ३३ करोडको कारोबार






ActPro Nepal

|

१६ जेठ, २०७९

|
506

काठमाडौं ।  शेयर बजार दोहोरो अंकले घटेको छ ।

साताको कारोबारको पहिलो दिन शेयर बजार मापक सूचक (नेप्से) ५०.३३ अंकले घटेर २१७३.४४ विन्दुमा झरेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार सोमवार २२७ कम्पनीको १ अर्ब ३३ करोड ८८ लाख ५६ हजार २८२ रुपैयाँ बराबरको ३४ लाख ५६ हजार ५२९ कित्ता शेयर किनबेच भएका छन् ।

अघिल्लो दिनको तुलनामा कारोबार रकममा भने सुधार आएको छ । शुक्रवार १ अर्ब २९ करोड ८९ लाख ५ हजार ५८९ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

लगानीकर्ताले बजेटमार्फत पूँजीगत लाभर घटाउने, सेयर कर्जा सहज बनाउने लगायतका व्यवस्था गर्न माग गरे पनि सो संवोधन नहुँदा नेप्सेमा उत्साह देखिएको छैन् ।

आज कारोबारमा आएका १३ वटै समूहको परिसूचक घटेको छ । व्यापार समूह सबैभन्दा धेरै ३.२२ प्रतिशतले घटेको छ ।

उच्च अंकले घटेको बजारमा आज नेपाल इन्भेष्टमेन्ट बैंकको शेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । झन्डै १३ महिनापछि कारोबारमा आएको बैंकका शेयरधनीले करिब १० प्रतिशत गुमाएका छन् ।

त्यसैगरी, ज्योति लाइफ ७.३६, लाइफ इन्स्योरेन्स कर्पोरेशन ७.२७, मल्टीपर्पस फाइनान्स र युनाइटेड इदीमर्दी हाइड्रोपावर ६ प्रतिशत, रुरु जलविद्युत्, मैलुङखोला, बोटलर्स नेपाल तराई, समृद्धि फाइनान्स, सिंगटी हाइड्रो, कर्पोरेट डेभलपमेन्ट बैंक र एलएलजी इन्स्योरेन्सको शेयर मूल्य ५ प्रतिशतभन्दा धेरैले घटेको छ ।

आज नेपाल टेलिकमको सर्वाधिक कारोबार भएको छ । यसको झन्डै ५ करोड रुपैयाँकोे सेयर किनबेच भएको छ । त्यसैगरी, अरुण भ्याली हाइड्रोपावर सवा ४ करोड र हिमालयन डिस्ट्रीलरी ४ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.