add

तीन अर्ब ३० करोडको नागरिक बचतपत्र विक्री गर्दै राष्ट्र बैंक, दरखास्त पेश गर्दा यी कुरामा ध्यान दिनुस्






ActPro Nepal

|

१० जेठ, २०७९

|
818

काठमाडौं। नेपाल राष्ट्र बैंकले बुधवारबाट तीन अर्ब, ३० करोड ६ लाख ६० हजार रूपैयाँ बराबरको ‘नागरिक बचत पत्र २०८४’ बिक्री गर्ने भएको छ।

केन्द्रीय बैंकले वार्षिक ११ प्रतिशत ब्याज दिने गरी उक्त बचतपत्र बिक्री गर्न लागेको हो । ब्याजमा कर लाग्ने बैंकले जनाएको छ । ब्याजको भुक्तानी ६/६ महिनामा हुने र बचतपत्र ५ वर्षे अवधिको हुनेछ ।

घटीमा १० हजार र बढीमा कूल निष्कासित रकमको सीमामा नबढाई १० हजार रूपैयाँले भाग गर्दा निशेष भाग जाने अङ्कमा खरिद गर्न पाउने सीमा निर्धारण गरिएको छ।

नेपाल सरकारका तर्फबाट राष्ट्र ऋण व्यवस्थापन विभागले जेठ १२ गतेदेखि जेठ ३१ गतेसम्मका लागि नागरिक बचतपत्र २०८४ बिक्री खुल्ला गर्ने भएको छ ।

उक्त बचतपत्र खरीद गर्न चाहने नेपाली नागरिकले बैंक तथा वित्तीय संस्थाहरू, राष्ट्र बैंकका शाखा कार्यालयहरू तथा वेबसाइटबाट फारम भरेर बुझाउन सक्नेछन् ।

बचतपत्रको ब्याजमा भने ब्याजकर लाग्नेछ । यो बचतपत्रको साँवा फिर्ता २०८४ असार ८ गते हुने छ ।

ब्याज भुक्तानी लिने स्थान: आफूलाई पायक पर्ने बैंक बित्तीय संस्थाहरु, बजार निर्माताको इजाजतपत्र लिएका बैंक तथा वित्तीय संस्थाहरु र नेपाल राष्ट्र बैंकका प्रदेशस्थित कार्यालयहरु ।

खण्डित अवधिको ब्याज: खरीदको लागि रकम बुझाएकै मिति देखि निष्काशन मितिभन्दा अघिल्लो दिनसम्मको तोकिएको ब्याजदरमा खण्डित अवधिको ब्याज रकम भुक्तानी दिइने ।

बचतपत्रको किसिम: स्टक वा प्रमिशरी नोटको रुपमा बचतपत्र लिन सकिने । स्टक वा प्रमिशरी नोटमध्ये आफूले लिन चाहेको प्रमाणपत्रको किसिम आवेदन फारममा खुलाउनु पर्ने । नखुलाइएको अवस्थामा प्रमिशरी नोट प्रमाणपत्र उपलब्ध गराइने । लेखपढ गर्न नजान्ने व्यक्तिलाई स्टक प्रमाणपत्र उपलब्ध गराइने।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.